News Portal

  • एसईई र कक्षा ११ को परीक्षा अर्को वर्ष पनि हुँदैन– सांसद गगन थापा

    भक्तपुरपोस्ट संवाददाता३ असार २०७७
    १०२२ पटक
    ३ असार २०७७

    काठमाडौं । नेपाली कांग्रसका नेता एवं सांसद गगनकुमार थापाले अब नेपालमा कक्षा १० मा एसईई भन्ने परीक्षा कहिल्यै नहुने बताएका छन् । योवर्ष मात्रै होइन एसईई र कक्षा ११ को परीक्षा अर्कोवर्षपनि नहुने उनले स्पष्ट पारेका छन् ।

    एसईई परीक्षा यो वर्ष मात्रै होइन अर्कोवर्षपनि नगर्न संसदले निर्देशन दिएको अवस्था छ । त्यसैले अव यो सरकारको मात्रै निर्णयको विषय नरहेको थापाले बताए ।

    सार्वजनिक विद्यालय सुधार अभियानले मंगलवार आयोजना गरेको भर्चुअल अन्तक्र्रियामा बोल्दै संसदीय शिक्षा समितिका सदस्य समेत रहेका थापाले यो वर्ष मात्रै हो अर्को वर्ष के गरौंला भन्ने नभएको भन्दै राजनीतिकदलका सबै सांसद बसेर छलफल गरी निर्देशन दिएको बताए ।

    सरकारले अब काम गरी कानूनी तयारी गरी यो विषयलाई टुङ्ग्याउनुपर्ने उनको भनाइ थियो । १२ कक्षा विद्यालय तहको अन्तिम परीक्षा हुने भएपछि कक्षा १० र ११ मा केन्द्रिय स्तरमा परीक्षा हुनुको कुनै तुक नभएको उनले स्पष्ट पारे ।

    स्थानीय तहलाई संविधानले व्यवस्था गरेको विद्यालय व्यवस्थापनको अधिकार कार्यान्वयन गर्न मद्दत गर्ने, स्थानीय सरकारमा हुने राजनीतिक आग्रहका आधारमा हुने निर्ण चेक गर्न मिल्ने गरी संघीय शिक्षा ऐन बनाउनुपर्नेमा थापाको जोड थियो ।

    ज्ुन तहले जुन काम गर्नुपर्नेहो त्योकाम गर्ने गरी ऐन निर्माणमा छलफल हुनुपर्ने भन्दै उनले योग्यता नराखेको भए क्षमता बढाउन तिर जानुपर्ने बताए । काम नगर्नुपर्ने तहले काम गर्दा राम्रो नहुने भन्दै उनले अब हाम्रो पालामा एसएलसी यसो भएको थियो भन्नुको कुनै अर्थ नरहने स्पष्ट पारे ।

    अहिलेको संकटले एसईई हटाउने अवसर दिएको भन्दै अहिले चुके पछि झन् समस्या हुने थापाले बताए । एसईई परीक्षा औचित्यपूर्ण नभएकाले हटाउनु नै पर्नेथियो भन्दै थापाले यो वर्ष मात्रै होइन अब एसईई र कक्षा ११ को परीक्षा पनि अरु कक्षा जस्तै आन्तरिक मूल्यांकनबाट गर्नेगरी कानूनी व्यवस्थागर्न संसदीय समितिले सरकारलाई निर्देशन दिएको उनले स्पष्ट पारे ।

    प्रतिकृया दिनुहोस्

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...

    साथीको घरमा युवकको शव फेला

    भक्तपुरको चाँगुनारायण– ४ मा एक युवक मृत फेला परेका छन् । १९ वर्षीय निरोज लामा...

    चाँगुनारायणमा ५० जनालाई झोल साबुन बनाउने तालिम

    प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) को महिला संगठन अनेमसंघ (क्रान्तिकारी)ले चाँगुनारायणमा सिपयुक्त स्वरोजगार गृहिणी...

    भारतमा नेपाली विद्यार्थीमाथि दमन भएको भन्दै भक्तपुरमा बिरोध प्रदर्शन

    भारतको ओडिसा राज्यको राजधानी भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत एक नेपाली...

    कुकुरलाई हेर्ने दृष्टिकोण बदलौँ !

    “कुकुर” समाजमा हुने अरु प्राणीसरह नै हो । अझ भन्ने हो भने कुकुरको काम अरू...