News Portal

  • सिटिइभिटिको उपाध्यक्षमा अधिकारी नियुक्त

    भक्तपुरपोस्ट संवाददाता५ असार २०७७
    १२५३ पटक
    ५ असार २०७७

    भक्तपुर । सरकारले सानाेठिमीस्थित प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद (सिटिइभिटि)को उपाध्यक्षमा खगेन्द्रप्रसाद अधिकारीलाई नियुक्ति गरेको छ । झापा स्थायी घर भएका अधिकारी निजी प्राविधिक शिक्षालयका सञ्चालक हुन् ।

    अधिकारी निजी प्राविधिक शिक्षालयहरुको छाता संगठन फोरम फर हेल्थ एण्ड टेक्निकल साईन्सका निवर्तमान अध्यक्षसमेत हुन् ।

    असार २ गते बसेको मन्त्रिपरिषद बैठकले उनलाई मनोनयन गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि र अर्थमन्त्री डा युवराज खतिवडाले जानकारी दिए ।

    उनको गौशालामा विनायक कलेज अफ हेल्थ साइन्स सञ्चालनमा रहेको छ । प्रधानमन्त्री निकट अधिकारीलाई प्रधानमन्त्री केपि शर्मा ओलीकै सिफारिसमा सिटिइभिटिको उपाध्यक्षमा नियुक्ति गरिएको स्रोतले जनाएको छ ।

    त्यस्तै वौद्ध दर्शन प्रवद्धन तथा गुम्बा विकास समितिको अध्यक्षमा ताप्लेजुङ फुङलिङ नगरपालिका–९ का फुपु छेम्बे शेर्पा (खेन्पो गेशे थुप्तेन जिक्डोल) नियुक्त भएका छन् । त्यस्तै कार्यकारी निर्देशकमा नुवाकोट दुप्चेश्वरका होमबहादुर दाेङ नियुक्त भएका मन्त्री खतिवडाले शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए ।

    मन्त्रिपरिषद बैठकले नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानको कार्यकारी निर्देशकमा डा. राजन खनाललाई नियुक्त गरेको छ । काभ्रेको नमोवुद्ध नगरपालिका – ७ घर भएका उनले केही महिनाअघि अर्थ मन्त्रालयको सचिव पदबाट अवकाश पाएका थिए ।

    प्रतिकृया दिनुहोस्

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...

    साथीको घरमा युवकको शव फेला

    भक्तपुरको चाँगुनारायण– ४ मा एक युवक मृत फेला परेका छन् । १९ वर्षीय निरोज लामा...

    चाँगुनारायणमा ५० जनालाई झोल साबुन बनाउने तालिम

    प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) को महिला संगठन अनेमसंघ (क्रान्तिकारी)ले चाँगुनारायणमा सिपयुक्त स्वरोजगार गृहिणी...

    भारतमा नेपाली विद्यार्थीमाथि दमन भएको भन्दै भक्तपुरमा बिरोध प्रदर्शन

    भारतको ओडिसा राज्यको राजधानी भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत एक नेपाली...

    कुकुरलाई हेर्ने दृष्टिकोण बदलौँ !

    “कुकुर” समाजमा हुने अरु प्राणीसरह नै हो । अझ भन्ने हो भने कुकुरको काम अरू...