News Portal

  • हाई अलर्टमा रहन मातहतका कमान्डरलाई प्रधानसेनापतिको आदेश

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, ७ असार
    ९६५ पटक
    भक्तपुर, ७ असार

    प्रधानसेनापति पूर्णचन्द्र थापाले नेपाली सेनालाई तयारी अवस्थामा रहन आदेश दिएका छन् । आइतबार जंगी अड्डामा नेपाली सेनाका पृतनापतिहरुलाई निर्देशन दिंदै उनले यस्तो आदेश दिएका हुन् ।

    भारतले अतिक्रमण गरेको नेपालको भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरा प्राप्तिका लागि नेपाल सरकारले पहल गरेसंगै नेपाली सेनाको काँधमा जिम्मेवारी थपिएको भन्दै प्रधानसेनापति थापाले नेपाली भूभागलाई समेटेर सरकारले नयाँ नक्सा जारी गरिसकेको अवस्थामा सेना पनि हाइ अलर्ट अवस्थामा रहनुपर्ने बताए ।

    राष्ट्र र राष्ट्रियताको लागि नेपाली सेना अविचलित रहेर कर्तव्यपथमा लम्कने भन्दै प्रधान सेनापति थापाले ‘नेपालको स्वतन्त्रता, स्वाधीनता, सार्वभौमिकता र भौगोलिक अखण्डतालाई अक्षुण राख्न नेपाली सेना सदैव प्रतिवद्ध रहने प्रष्ट पारे ।

    उक्त अवसरमा प्रधानसेनापति थापाले मातहतका कमाण्डरलाई निर्देशन दिंदै राष्ट्रिय, क्षेत्रिय र अन्तर्राष्ट्रिय सुरक्षा अवस्थाको अध्ययन, विश्लेषणबाट नयाँ रणनीति र कार्य योजना निर्माण गर्न निर्देशन समेत दिएका बताइएको छ ।

    भारतले नेपाली भूमि मिचेर सडक बनाएपछि कालापानी नजिकै सेनाले खडा गरेको अस्थायी क्याम्प लगायतको अवलाेकन गर्न बुधवार प्रधानसेनापति थापा त्यहाँ पुगेका थिए ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...