News Portal

  • बाहिरबाट उपत्यका छिरेकाहरूलाई होम क्वारेन्टाइनमा रहन दिन गृहको निर्देशन

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, ९ असार
    ८३३ पटक
    भक्तपुर, ९ असार

    बाहिरबाट उपत्यका छिरेकाहरूलाई घरधनीले पिसिआर रिपोर्ट मागेर परेसान पारेपछि टेकुमा दैनिक हजार बढी मानिस पिसिआर टेस्टका लागि पुग्ने गरेका छन् । लक्षण बिना नै पिसिआर टेस्ट गर्न पुगेपछि पिसिआर टेस्ट गर्दै आएको टेकुस्थित अस्पतालको काम प्रभावित बनेको छ ।

    निश्चिन्तताको लागि टेस्ट गर्ने क्यापासिटी नभए पछि टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले गृहलाई पत्र नै लेखेर सोको जानकारी दिएपछि गृह मन्त्रालयले उपत्यकाका भक्तपुर, ललितपुर र काठमाडौं गरी ३ वटै सिडिओ कार्यालयलाई मंगलवार एक परिपत्र जारी गरेको छ ।

    घरधनीले स्वाब परीक्षणमा दबाब दिएपछि समस्या भएको भन्दै गृह मन्त्रालयले प्रवेशमा रोक नलगाई डेरावाल लाई १४ दिन होम क्वारेन्टाइन बस्न दिने व्यवस्थाको लागि परिपत्र गरेको हो । होम क्वारेन्टाइनमा कुनै लक्षण देखिए मात्र पिसिआर परीक्षण गराउन गृहले आग्रह गरेको छ।

    गृह मन्त्रालयले परिपत्रमा चिकित्सकलाई टेस्टका लागि दबाब नदिने व्यवस्थाका लागि आवश्यक कारवाही अघि बढाउँन निर्देशन दिएको हो ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...