News Portal

  • बैशाखको पुरै शुल्क र जेठ महिनादेखि पढाइ बाहेकको अतिरिक्त शुल्क लिन्नौं– निजी विद्यालय

    छिट्टै शुल्कको मापदण्ड बनाउँछौं– शिक्षा मन्त्रालय

    भक्तपुरपोस्ट संवाददाता१५ असार २०७७
    १३९३ पटक
    १५ असार २०७७

    काठमाडौं । निजी विद्यालयका सञ्चालकहरुले बैशाख महिनाको शुल्क नलिने साथै, जेठ महिनादेखि शिक्षण बाहेकका कुनैपनि अतिरिक्त शुल्क नलिने बताएका छन् ।

    शिक्षा पत्रकार समूहको साप्ताहिक शृंखला शिक्षाबार भर्चुअल संवादमा सोमवार उनीहरुले सो कुरा बताएका हुन् । कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सह–सचिव रामशरण सापकोटाले शुल्कको मापदण्डका बारेमा शिक्षा मन्त्रालयले विस्तृत छलफल गरिरहेको बताए ।

    सबैपक्ष आ–आफ्नो ढङ्गबाट अगाडि बढ्दा निस्कर्षमा नपुगिने भन्दै सापकोटाले यसको निकासको लागि मन्त्रालयले नेतृत्व लिने प्रष्ट पारे । सबै सरोकारवलासँगको वार्ता र संवादका माध्यमबाट मन्त्रालयले छिट्टै शुल्कको विवाद समाधान गर्ने उनको भनाइ थियो ।

    संस्थागत विद्यालयहरुले पनि यतिउती शुल्क लिने नभनी यसविषयमा छलफलबाट टुंगोमा पुग्नुपर्ने सापकोटाले बताए । मन्त्रालयले चैतको शुल्क नलिन निर्णय गरिसकेकाले त्यसको सट्टा बैशाखको शुल्क नलिने व्यवस्था गर्ने विषयमा अहिल्यै केही भन्न नसकिने र विद्यालय नचलेको अवस्थामा यत्तिकै सरकारले शुल्क लिन पाउने निर्णय गर्न पनि सहज नभएको उनको भनाइ थियो ।

    संस्थागत तथा आवासिय विद्यालय एशोसियशन(प्याब्सन)का सह–अध्यक्ष डीके ढुङ्गानाले निजी विद्यालयहरुले बैशाख महिनाको मासिक शुल्क र भौतिक रुपमा विद्यालय सञ्चालन नभएसम्म शिक्षण बाहेकका कुनैपनि अतिरिक्त शुल्क नलिने स्पष्ट पारे । जेठ महिनादेखिको शिक्षण शुल्क अग्रभागमा रहेका अभिभावकहरुले दिँदै गए त्यसले शिक्षक र विद्यालयका समस्या सहजीकरण गर्दै जाने उनको भनाइ थियो । शिक्षा मन्त्रालय प्रष्ट नहुँदा अभिभावक शुल्क तिर्न तयार हुँदासमेत आफुहरुले लिन नपाएको उनले गुनासो गरे ।

    ‘हामीलाई जेठ महिनादेखिको कुनैपनि अतिरिक्त शुल्क बाहेक पढाइ शुल्क मात्रै लिन दिइयोस्’, ढुङ्गानाले भने– ‘त्यही पढाइ शुल्कले हामी विद्यालय व्यवस्थापन गर्दै जान्छौं ।’

    एन प्याब्सनका महासचिव सुवास न्यौपानेले निजी विद्यालयहरुको सवारी साधन लगायत भौतिक पक्षमा पनि निरन्तर खर्च भइरहेपनि जेठ देखिको पढाइ शुल्क मात्रै लिन तयार भएपनि शिक्षा मन्त्रालयका कारण अन्योलता शृजना भएको बताए । अहिलेको कोभिड–१९ को महामारीले बाँच र बचाऔंको अवस्था शृजना गरिदिएको भन्दै महासचिव न्यौपानेले एकदमै समस्यामा रहेका अभिभावकले सक्दा शुल्कतिरे हुने स्पष्ट पारे ।

    सक्ने र दिन तयार अभिभावकबाट पढाइ वापतको न्यूनतम शुल्क लिएर विद्यालय व्यवस्थापन गर्छौं भन्दापनि नपाएको उनले गुनासो गरे । निजी विद्यालयहरुले शुल्क दिनैपर्छ भनेर कहिल्यै नभनेको सक्नेले दिनुहोस् भनेर अपिलमात्रै गरेको स्पष्ट पार्दै उनले यस विषयमा टिकाटिप्पणी गर्न आवश्यक नै नरहेको बताए ।

    नेपाल अभिभावक महासंघका अध्यक्ष धर्मदत्त देवकोटाले पढाइ नभएको समयको शुल्क नलिइयोस् भनेर महासंघले शिक्षा मन्त्रालयमा ज्ञापनपन बुझाइ सकेको भन्दै सक्नेले निजी विद्यालयलाई र नसक्ने अभिभावकलाई निजी विद्यालयले माया गर्नुपर्ने बताए । मन्त्रालयको नेतृत्वमा सरोकारवालासहितको वार्ता गरी त्यहाँ अभिभावक, विद्यालय सञ्चालक र शिक्षकले कति योगदान गर्ने र निजी शिक्षा चाहिने हो भने सरकारले कति योगदान गर्ने भनेर शुल्कको किचलोलाई निस्कर्षमा पु¥याउनुपर्ने उनको भनाइ थियो ।

    शिक्षा पत्रकार समूहको नियमित साप्ताहिक शृंखला शिक्षाबारको यस ‘निजी विद्यालयको शुल्क किचलो र निकाश’ विषयक भर्चुअल संवादमा शिक्षाका कर्मचारी, निजी विद्यालयका सञ्चालक, शिक्षक, अभिभावक, विद्यार्थी, शिक्षाका कर्मचारी, एवं पत्रकारहरुको सहभागिता रहेको थियो ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...