News Portal

  • अकस्मात् सभामुखलाई थाहै नदिई संसद अधिवेशन अन्त्य

    भक्तपुरपोस्ट संवाददाता१८ असार २०७७
    १००३ पटक
    १८ असार २०७७

    काठमाडौं । सरकारले प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटासँग छलफल नै नगरी स‌ंसदको चालु अधिवेशन अन्त्य गरेको छ । प्रमुख प्रतिपक्षी नेपाली कां‌ग्रेसले पनि आफूहरूसँग परामर्श नै नगरी अधिवेशन अन्त्य गरेकामा असन्तुष्टि जनाएको छ ।

    मन्त्रिपरिषद‍्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार साँझ ५ बजेदेखि लागू हुने गरी संसद अधिवेशन अन्त्य गरेको जानकारी स‌ंसद सचिवालयलाई गराएकी छन् ।संसद अधिवेशन अन्त्यका विषयमा सभामुख सापकोटासँग छलफल नै नभएको सभामुखको सचिवालय स्रोतले बतायो ।

    बिहीवार नै मन्त्रिपरिषद् बैठकले संसद्‌को अधिवेशन अन्त्य गर्न राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको थियो । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री शिवमाया तुम्बाहाङ्फेले बिहीवार दिउँसो १२ बजेको संक्षिप्त बैठकले यस्तो निर्णय गरेको बताइन् ।

    संसद्‌को अधिवेशन बैशाख २६ गतेदेखि सुरु भएको थियो । अधिवेशन शुरु हुनुअघि मन्त्री, सांसद र संसद्‌का कर्मचारी सबैको कोरोनाभाइरस परीक्षण गरिएको थियो । चालु अधिवेशनमा संविधान संशोधन विधेयक अनि आर्थिक वर्ष २०७७/०७८ को बजेट पारित भएका छन्।

    निकै महत्त्वपूर्ण मानिएका नागरिकतासम्बन्धी विधेयक र निजामती कर्मचारी विधेयक अन्तिम चरणमा आएर रोकिएको छ । नेकपाभित्र विवादित बनेको एउटा अमेरिकी सहयोग सम्झौता एमसीसी पनि संसदीय अनुमोदनको पर्खाइमा रहेको थियो। प्रतिनिधि सभाको सम्पूर्ण सदस्य सङ्ख्याको एक चौथाइ सदस्यहरूले लिखित अनुरोध गरेमा नयाँ संसद् अधिवेशन सुरु हुन सक्नेछ।

    सत्तारूढ दलभित्र सत्ता परिवर्तनको छलफल व्यापक रूपमा भएको बेला संसद् अधिवेशन अन्त्य गर्ने सरकारको निर्णय आएको हो । तर मन्त्री तुम्बाहाङ्फेले भनिन्, ‘कोरोनाभाइरसको सङ्क्रमणका बेला सांसदहरू जिल्ला जाने र विनापरीक्षण नै संसद्‌का बैठकमा सहभागी हुन थालेपछि सङ्क्रमण सर्न सक्ने सम्भावना देखेर अधिवेशन अन्त्य गर्ने निर्णय गरिएको हो।’

    भूमि व्यवस्था मन्त्री पद्मा अर्यालले बिहीवारको सरकारको निर्णय कुनै राजनीतिक उद्देश्यबाट नभई संसद्‌लाई कार्य पनि नभएको र कोरोनभाइरसको सङ्क्रमणलाई ध्यान दिएर निर्णय गरिएको बताइन् । प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामामा केन्द्रित भएको नेकपाको स्थायी कमिटीको बैठक जारी छ।

    उक्त पार्टीका अधिकांश केन्द्रीय सदस्यहरूले बैठकमै रहेकाले उनीहरूको प्रतिक्रिया आएको छैन । बिहीवारको मन्त्रिपरिषद्को बैठकमा संसद् अधिवेशनको विषयमा मात्रै छलफल भएको बताइएको छ।

    अधिवेशन अन्त्य गर्ने सरकारको निर्णय नेकपाको आन्तरिक विवादका कारण भएको प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका नेताको बुझाइ छ। महामारीमा जनता प्रताडित भएका बेला सरकारलाई खबरदारी गर्ने जनसरोकारका विषय उठाउने र सरकारलाई जवाफदेही बनाउने संसद्‌को अधिवेशन नै अन्त्य गर्ने कुरा अस्वभाविक र गैरजिम्मेवार भएको काङ्ग्रेसका प्रतिनिधि सभाका प्रमुख सचेतक बालकृष्ण खाँडले बताए। सामान्य अवस्थामा प्रमुख प्रतिपक्ष दलसँग सदन अन्त्यका बारेमा परामर्श हुने गरेको उल्लेख गर्दै खाँणले  भने, ‘अहिले अधिवेशनको अन्त्यको सिफारिस गर्दा हामीलाई सामान्य जानकारीसम्म दिइएन ।’

    उनले भने, ‘संसद्‌मा विभिन्न जरुरी सार्वजनिक महत्त्वका र ध्यानाकर्षण प्रस्ताव दर्ता गराएको एवम् सरकारले नै ल्याएका विधेयकहरू अन्तिम चरणमा रहेका बेला संसद्को बैठक नै अन्त्य गर्नु गैरजिम्मेवारी हो ।’

     

     

    प्रतिकृया दिनुहोस्

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...

    साथीको घरमा युवकको शव फेला

    भक्तपुरको चाँगुनारायण– ४ मा एक युवक मृत फेला परेका छन् । १९ वर्षीय निरोज लामा...

    चाँगुनारायणमा ५० जनालाई झोल साबुन बनाउने तालिम

    प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) को महिला संगठन अनेमसंघ (क्रान्तिकारी)ले चाँगुनारायणमा सिपयुक्त स्वरोजगार गृहिणी...

    भारतमा नेपाली विद्यार्थीमाथि दमन भएको भन्दै भक्तपुरमा बिरोध प्रदर्शन

    भारतको ओडिसा राज्यको राजधानी भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत एक नेपाली...

    कुकुरलाई हेर्ने दृष्टिकोण बदलौँ !

    “कुकुर” समाजमा हुने अरु प्राणीसरह नै हो । अझ भन्ने हो भने कुकुरको काम अरू...