News Portal

  • सयाैं भारतीय सुरक्षाकर्मी प्रवेश गरी सडक निर्माणमा अवराेध : जिप्रका भन्छ थाहाँ छैन

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, २३ असार
    ९१६ पटक
    भक्तपुर, २३ असार

    कञ्चनपुरको बेलौरीमा सयाैं भारतीय सुरक्षाकर्मी प्रवेश गरेर सडक निर्माणमा अवराेध गरेका छन् ।पचुँइस्थित सीमा स्तम्भ नम्बर ३८ नजिक निर्माण भइरहेकाे हुलाकी सडक निर्माणमा उनीहरुले अवराेध गरेका हुन् ।

    १ दर्जन बढी गाडी चढेर हातहतियार सहित आएको भारतीय सुरक्षाकर्मीको फाैजले अवरोध गरेपछि सडक निर्माण कार्य रोकिएको छ । उनीहरुले उक्त क्षेत्र भारतकाे दाबी गर्दै सडक निर्माण कार्यमा अवराेध गरेका हुन् ।

    श्रेतका अनुसार बिना समन्वय हातहतियार सहित घुसेर भारतीय फाैज फिर्ता हुँदा सम्म नेपाल सरकारले भने कुनै कार्वाही गर्न सकेन । भक्तपुर पाेस्टले यसबारे बुझ्न खाेज्दा जिल्ला प्रशासन कार्यालय कन्चनपुरका सूचना अधिकारी रहेका प्रशासकीय अधिकृत कृष्णानन्द जाेशीले आफूलाइ केही थाहाँ नभएकाे बताए । सहायक सीडीअेा गाेकर्णप्रसाद उपाध्यायले आफूले केही भन्न नसक्ने प्रतिकृया दिए भने सीडीअेा नूरहरी खतिवडाले भने यसबारे सीमामा रहेका सशस्त्र प्रहरीका एसपीसंग बुझ्न सुझाव दिए ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...