News Portal

  • शुक्रवारबाट छोटो दुरीका सवारी चल्ने : ५०% बढी भाडा लिन छुट तर सिटभरी यात्रु राख्न नपाइने

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, २५ असार
    ८६२ पटक
    भक्तपुर, २५ असार

    चैत ११ देखि जारी लकडाउन भोलि शुक्रवार बाट खुकुलो हुने भएको छ । घर र ग्यारेजमा थन्किएका भाडाका सबै सवारी शुक्रवारबाट सुचारु हुने भएका छन् ।

    सरकारले एउटै जिल्लाभित्र चल्ने सार्वजनिक सवारी साधन संचालन गर्न दिने निर्णय गरेको हो । काठमाडौ उपत्यकाको हकमा भने भक्तपुर,ललितपुर र काठमाडौं चलन पाउने बताइएको छ ।

    अर्थ, सूचना तथा सञ्चार मन्त्री डा. युवराज खतिवडाले मन्त्रिपरिषदको उक्त निर्णय बिहीबार सार्वजनिक गरेका हुन् ।मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्न आयोजना गरिएको पत्रकार सम्मेलनमा सूचना तथा सञ्चार प्रविधि मन्त्रालयकाे जिम्मेवारी सम्हालेका सरकारका प्रवक्ता तथा अर्थमन्त्री युवराज खतिवडाले जेठ २८ र असार १२ मा गरिएका लकडाउनसम्बन्धि निर्णयहरुमा असार २३ मन्त्रिपरिषद्ले परिपूरक निर्णय गरेको बताए ।

    शुक्रवार बाट चल्ने सार्वजनिक सवारीमा भौतिक दूरी कायम राखेर मात्रै यात्रुहरु चढाउन पाइनेछ र ती सवारीमा सिट क्षमताको ५० प्रतिशत यात्रु मात्रै राख्‍न पाइने बताइएको छ । यस्तै, सवारी साधानको ढोकामा सेनिटाइजर अनिवार्य गरिएको छ भने मास्क र सेनिटाइजर प्रयोग गर्न भनिएको छ । चालक र सहचालकले अनिवार्यरुपमा मास्क र ग्लोब लगाउनु पर्ने सरकारले निर्देशन गरेको छ । साथै, ५० प्रतिशत सम्म बढी भाडा लिन पाउने समेत व्यवस्था गरेको छ ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...