News Portal

  • अभियुक्तलाई छुटाइदिने भन्दै पैसा बार्गेनिङ्ग गर्ने पत्रकार पक्राउ

    भक्तपुरपोस्ट संवाददाता बारा, २९ असार
    ८१५ पटक
    बारा, २९ असार

    प्रहरी हिरासतमा रहेका अभियुक्तलाई छुटाइदिने भन्दै पैसा बार्गेनिङ्ग गर्ने पत्रकार पक्राउ परेका छन् । बाराका एसपी कृष्ण पंगेनीसंग आफ्नो राम्रो सम्बन्ध भएको भन्दै पैसा बार्गेनिङ्ग गर्ने पत्रकार पक्राउ परेका हुन् ।

    पक्राउ पर्ने स्थानीय पत्रकार भैयाराम साह हुन् । पैसा बार्गेनिङ्ग गरेको अडियोसहित पत्रकार भैयारामलाई प्रदेश प्रहरीले पक्राउ गरेको हो ।

    १ सय २५ केजी गाँजासहित पकाउ परेका अभियुक्तहरूलाई छुटाइदिने भन्दै भैयारामले बार्गेनिङ गरेकोे प्रहरीको भनाइ छ । बारा जिल्ला अदालतले उनलाई १० दिन हिरासतमा राख्ने अनुमति दिएपछि प्रहरी थप अनुसन्धानमा जुटेको बताइएको छ। पत्रकार भैयाराम बारामा तत्कालिन माओवादी कार्यकर्ताद्वारा हत्या गरिएका भनिएका वीरेन्द्र साहका भाइ हुन् ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...