News Portal

  • मंगलबार थपिए ११६ कोरोना संक्रमित, संक्रमितको संख्या १७ हजार ६१ पुग्यो

    भक्तपुरपोस्ट संवाददाता३० असार २०७७
    ६२१ पटक
    ३० असार २०७७

    काठमाडौं । नेपालमा मंगलबार थप ११६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या १७ हजार ६१ पुगेको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले मंगलबार नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन् ।

    पछिल्लो २४ घण्टामा ४ हजार ३६१ जनाको पीसीआर परीक्षण गरिएकोमा ११६ जनामा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ ।डा गौतमका अनुसार बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परीक्षणमा धनकुटाका ३ जना, सिराहाका एकजना, सुनसरीका एकजना र तेह्रथुमका एकजना संक्रमित भएका छन् ।

    यस्तै कोशी अस्पताल विराटनगरमा गरिएको परीक्षणमा इलामका २ जना, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणमा झापाका एकजनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा धनुषाका १९ जना र महोत्तरीका १९ जना, नारायणी अस्पताल वीरगंज प्रयोगशालामा गरिएको परीक्षणमा पर्साका २ जना र धनुषाका २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    यस्तै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणमा गोरखाका एकजना र नुवाकोटका एकजना, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा गरिएको परीक्षणमा काठमाडौंका एकजना, कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौंडामा गरिएको परीक्षणमा नवलपरासी पूर्वका २ जना, रौतहटका एकजना र सिन्धुलीका एकजना संक्रमित भएका छन् ।

    यस्तै धुलिखेल अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा काभ्रेका २ जना र ओखलढुंगाका एकजना, त्रिवि शिक्षण अस्पतालमा गरिएको परीक्षणमा गोरखाका एकजना, कैलालीका एकजना, काठमाडौंका एकजना, पाल्पाका एकजना, सिन्धुपाल्चोकका एकजना र सुर्खेतका एकजना संक्रमित भएका छन् ।

    यस्तै प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा प्युठानका ३ जना, भेरी अस्पताल नेपालगञ्ज प्रयोगशालामा गरिएको परीक्षणमा बाँकेका एकजना, रोल्पाका ३ जना बर्दियाका एकजना र दाङका ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    यस्तै लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा गरिएको परीक्षणमा अर्घाखाँचीका ३ जना र पाल्पाका ४ जना, दैलेख प्रयोगशालामा दैलेखका ६ जना, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परीक्षणमा अछामका १२ जना र जुम्लाका ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    यस्तै सेती प्रादेशिक अस्पताल धनगढीमा गरिएको परीक्षणमा अछामका २ जना, कंचनपुरका एकजना र कैलालीका ४ जना संक्रमित भएका छन् । योसँगै हालसम्म नेपालमा १७ हजार ६१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये देशभर ६ हजार ६९५ जना संक्रिय संक्रमित रहेका छन् ।

    यस्तै हाल देशभरका क्वारेन्टाइनमा २४ हजार ७१६ जना क्वारेन्टाइनमा रहेका छन् ।

    प्रतिकृया दिनुहोस्

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...

    साथीको घरमा युवकको शव फेला

    भक्तपुरको चाँगुनारायण– ४ मा एक युवक मृत फेला परेका छन् । १९ वर्षीय निरोज लामा...

    चाँगुनारायणमा ५० जनालाई झोल साबुन बनाउने तालिम

    प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) को महिला संगठन अनेमसंघ (क्रान्तिकारी)ले चाँगुनारायणमा सिपयुक्त स्वरोजगार गृहिणी...

    भारतमा नेपाली विद्यार्थीमाथि दमन भएको भन्दै भक्तपुरमा बिरोध प्रदर्शन

    भारतको ओडिसा राज्यको राजधानी भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत एक नेपाली...

    कुकुरलाई हेर्ने दृष्टिकोण बदलौँ !

    “कुकुर” समाजमा हुने अरु प्राणीसरह नै हो । अझ भन्ने हो भने कुकुरको काम अरू...