News Portal

  • संसदीय छानबिन समितिले सभामुखलाई बुझायो रुकुम घटनाको प्रतिवेदन

    भक्तपुरपोस्ट संवाददाता३० असार २०७७
    ८०५ पटक
    ३० असार २०७७

    काठमाडौं । रुकुम पश्चिम जिल्लाको चौरजहारी नगरपालिकामा दलित युवक हत्याबारे छानबिन गर्न गठित संसदीय विशेष समितिले सोमबार सभामुख अग्निप्रसाद सापकोटालाई प्रतिवेदन बुझाएको छ ।सोमबार सिंहदरबारस्थित संसद सचिवालयमा नै पुगी संसदीय समितिका संयोजक देवेन्द्र पौडेलले प्रतिवेदन बुझाएका हुन् ।

    प्रेमिकासँग विहे गर्न भनी रुकुमको चौरजहारी नगरपालिका सोती आएका जाजरकोटको भेरी नगरपालिकाका नवराज विक र उनका साथीहरु केटी पक्षका आफन्तको आक्रमणबाट मारिएका थिए । उक्त घटनामा ६ जनाको मृत्यु भएको थियो ।

    सांसदहरुले उक्त घटनाबारे संसदीय छानबिन हुनुपर्ने माग गरेपछि गत जेठ २६ गते बसेको प्रतिनिधिसभा बैठकले सांसद पौडेलको संयोजकत्वमा नौ सदस्यीय संसदीय विशेष समिति गठन गरेको थियो ।

    रुकुम पश्चिमको चौरजहारी नगरपालिका सोतीमा ६ जनाको ज्यान जानेगरी गत जेठ १० गते भएको घटनाको मूख्य कारण जातीय भेदभाव र छुवाछुत भएको संसदीय समितिले निष्कर्ष निकालेको छ ।

    जातीय कारणले नै उक्त घटनापूर्व केटी पक्षले नवराज विकलाई २०७६ चैत १७ गते वडाध्यक्ष डम्बरबहादुर मल्लमार्फत इलाका प्रहरी कार्यालय चौरजहारीमा एक रात थुनामा राखेको पाइएको संसदीय समितिको निष्कर्षमा छ । चैत १८ गते विकलाई आमाको जिम्मा लगाएको पनि प्रतिवेदनमा उल्लेख छ ।

    कोरोना नियन्त्रण र रोकथाम गर्नका लागि जारी लकडाउन कडाइका साथ लागु गरेको भए सोती घटना टर्ने संसदीय विशेष छानबिन समितिले निष्कर्ष निकालेको छ । सुरक्षाकर्मी लकडाउनको कडाइका साथ पालना गराउन चुकेको समितिको प्रतिवेदनमा छ ।

    ‘जाजरकोट जिल्लाबाट लकडाउनको समयमा १८ जना युवाहरू रुकुम प्रवेश गरेको कुरा सुरक्षाकर्मीलाई थाहा भएन भन्न सकिने अवस्था देखिँदैन । सुरक्षाकर्मीहरूले समयमै लकडाउन सम्बन्धी नियमको पालना कडाइको साथ लागू गर्न सकेको भए यो घटना घट्न नसक्ने देखिन्छ,’ समितिको निष्कर्ष छ ।

     

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...