News Portal

  • प्रमुख प्रशासकीय अधिकृत अख्तियारको फन्दामा

    भक्तपुरपोष्टभक्तपुर, ६ साउन
    १०८३ पटक
    भक्तपुर, ६ साउन

    अख्तियार दुरुपयाेग अनुसन्धान अायाेगले राजधानीकै एक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतलाइ सेवाग्राहीबाट घुस लिँदा लिँदै रंगेहात पक्राउ गरेकाे छ । विकास निर्माणकाे काम सम्पन्न भएकाे भुक्तानी दिएवापत लाख बढी घुस मागेकाे खुलेपछि अख्तियारले उनलाइ निगरानी राखेर पक्राउ गरेकाे बताइएकाे छ ।

    पक्राउ पर्नेमा ललितपुरको गोदावरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद जैसी छन् । उनलाइ साेही नगरपालिकाका सव-इन्जिनियर किशोर मोक्तानसँगै पक्राउ गरिएकाे हाे । उनीहरुले नगरपालिकाकाे एक विकास निर्माणको काम सम्पन्न भएपछि त्यसकाे भुक्तानी गरिदिए बापत सेवाग्राहीसँग निकै वार्गेनिङ गरेर घुस मागेका थिए । साेही क्रममा उनीहरुले सेवाग्राहीबाट एक लाख ५० हजार रुपैयाँ घुस लिएका थिए । घुस लिइरहेका बेला आयोगको टोलीले दुवै जनालाई नियन्त्रणमा लिएकाे हाे ।

    आयोगका प्रवक्ता तारानाथ अधिकारीले नगरपालिकाको कार्यालय परिसरबाटै उनीहरुलाइ पक्राउ गरिएकाे बताए । सोमबार करिब साढे १२ बजेको समयमा उनीहरुले सेवाग्राहीसँग घुस लिएका थिए । घुस लिएकाे अवस्थामा दुवै जनालाई पक्राउ गरिएकाे र उनीहरुमाथि थप अनुसन्धान भइरहेकाे अायाेगका प्रवक्ता अधिकारीले जानकारी दिए ।

    प्रतिकृया दिनुहोस्

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...