News Portal

  • कोभिड-१९ विरुद्धको खोप बनाएपछि डब्ल्यूएचओले दियो बधाइ

    भक्तपुरपोस्ट संवाददाताभक्तपुर, ६ साउन
    १२५२ पटक
    भक्तपुर, ६ साउन

    अक्सफाेर्ड विश्वविद्यालयका वैज्ञानिकले कोरोना भाइरसविरुद्धको भ्याक्सिन बनाएपछि विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) बधाइ दिएकाे छ । जेनेभामा अापतकालीन प्रेस मिट गर्दै डब्ल्यूएचओले यसबाट सकारात्मक परिणाम प्राप्त भएको भएकाे जनाउँदै यसलाई स्वागत गरेको हाे ।

    भ्याक्सिन बनाउने अक्सफोर्ड विश्वविद्यालयका वैज्ञानिकहरुलाई बधाइसमेत दिँदै डब्ल्यूएचओले भ्याक्सिन बने पनि फैलिँदो संक्रमणका विरुद्ध लड्नका लागि अझै धेरै काम गर्न बाँकी रहेको जनाएको छ ।

    प्रेस कन्फ्रेन्समा बोल्दै डब्ल्यूएचओका आपतकालीन कार्यक्रमका निर्देशक डा. माइक रेयानले अक्सफोर्ड विश्वविद्यालयका वैज्ञानिकलाई बधाइ दिँदै भने, ‘यो सकारात्मक परिणाम हो । तर अझै लामो यात्रा तय गर्न बाँकी छ ।’ उनले ठूलो संख्यामा परीक्षण गर्नुपर्ने पनि बताएका छन् ।

    अक्सफोर्ड विश्वविद्यालयका वैज्ञानिकहरुले निर्माण गरेको खोपलाई आशलाग्दो खोपको रुपमा हेरिएको छ । यद्यपि यसको अन्य सुरक्षात्मक उपाय र ठूलो समूहमा गरिने परीक्षण भने चलिरहेको छ । कोरोनाविरुद्ध हाल विश्वभर २३ भ्याक्सिन बनाउने काम जारी छ । डा. रेयानले कोरोनाको उपचार खोज्ने दिशामा धेरै भ्याक्सिनमाथि काम भइरहनु राम्रो हो ।’

    यसैगरी डब्ल्यूएचओका प्रमुख डा. टेड्रोसले कुनै पनि सफल भ्याक्सिन सबै देशका नागरिकले पाउनु पर्ने बताएका छन् ।

    प्रतिकृया दिनुहोस्

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...