
कोरोना महामारीका कारण देशभर जारी १ सय २० दिन लामाे ‘लकडाउन’ मंगलबार रातीबाट अन्त्य भएको छ । सरकारका प्रवक्ता एवं अर्थमन्त्री डा. युवराज खतिवडाले देशभर चैत ११ गतेबाट लागू भएको लकडाउन मंगलबार रातीबाट अन्त्य भएको जानकारी दिएका हुन् ।
मंगलबार रातीबाट ‘लकडाउन’ अन्त्य भएकाे घाेषणा गरिएपनि विद्यालय भने तत्काल सञ्चालन नहुने भएको छ । विद्यार्थी भर्ना र परीक्षा भने भदौ १ देखि सञ्चालन गर्न पाइने सरकारकाे निर्णय छ । त्यसैगरी, भदौ १ गतेदेखि मात्र लामो दूरीका सार्वजनिक यातायात सञ्चालन गर्न पाइने निर्णय भएको छ । यातायातमा जाेरबिजेार ब्यवस्था अन्त्य गरिएकाे छ । छाेटाे दुरीका सार्वजनिक यातायात खुलेपछि सरकारी कार्यालय पनि नियमित १० देखि ५ बजेसम्म सञ्चालन हुने बताइएकाे छ ।
सरकारले होटल तथा रेस्टुरेन्टहरु पनि साउन १५ गतेबाट मात्र सञ्चालन गर्न पाइने बताएकाे छ ।