News Portal

  • वडाध्यक्ष कुट्ने प्रमुख प्रशासकीय अधिकृत पक्राउ

    भक्तपुरपोस्ट संवाददाता सर्लाही, १० साउन
    ८२३ पटक
    सर्लाही, १० साउन

    सर्लाहीको हरिपुर्वा नगरपालिका-३ धनकौलका वडाध्यक्ष माथि नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतले कुटपिट गरेका छन् ।

    वडाअध्यक्ष धर्मराज सिंह कुशवाहा माथि गएको बिहिवार कुट्पिट भएको थियो । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सकलदेव राय सहितको समुहले वडाअध्यक्ष सिंहमाथि कुटपिट गरेको सर्लाही प्रहरीले जनाएको छ । प्रहरीका अनुसार प्रमुख प्रशासकीय अधिकृत सकलदेव राय सहित तिन जनालाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान भैरहेको छ ।

    कुटपिटबाट वडाध्यक्षकाे हात, छातीलगायत शरीरका विभिन्न भागमा गम्भीर चोट लागेको छ ।
    उनलाई जिल्ला अस्पताल मलङ्गवामा प्राथमिक उपचार गरी थप उपचारका लागि ललितपुरको धापाखेलस्थित सुमेरु अस्पतालमा भर्ना गरिएको छ ।

    उनको स्वास्थ्य अवस्थाबारे बुझ्न शनिवार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर राय यादव अस्पताल पुगेका छन् । मन्त्री यादवले दोषीलाई कडा कार्वाही गरिने बताएका छन् । वडाध्यक्षकाे स्वास्थ्य अवस्थामा सुधार भैरहेको बताइएकाे छ ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...