News Portal

  • एसईई मूल्याङ्कनमा विद्यालयहरुको लापर्बाही, पूर्णांक भन्दा बढी अंक पठाए

    भक्तपुरपोस्ट संवाददाता१२ श्रावण २०७७
    ९८३ पटक
    १२ श्रावण २०७७

    भक्तपुर । माध्यमिक शिक्षा परीक्षा(कक्षा १०)एसईई मूल्याङ्कनका सन्दर्भमा विद्यालयहरु गम्भीर नभएको पाइएको छ । आफैले वर्षभरी पढाएका विद्यार्थीको आन्तरिक मूल्याङ्कन पठाउँदा पनि विद्यालयहरुबाट विषय फरक पर्ने, ऐच्छिक विषय चढाउँदा समस्या, शैद्धान्तिक र प्रयोगात्मक अङ्क दिँदा त्रुटि पाइएको हो ।

    सोमवार शिक्षा पत्रकार समूहको नियमित साप्ताहिक शृंखला शिक्षाबारको भर्चुअल संवादमा बोल्दै सरोकारवालाहरुले यस्तो अनुभव सुनाएका हुन् । सरकारले कोरोना भाइरस(कोभिड–१९)को सन्त्रासका कारण स्थगित एसईई परीक्षाको विद्यालयको अन्तिम मूल्यांकनका आधारमा नतिजा प्रकाशन गर्ने निर्णय गरेको थियो । यसका लागि राष्ट्रिय परीक्षा बोर्डले ‘माध्यमिक शिक्षा परीक्षा(एसईई) कक्षा १० को विद्यार्थी मूल्यांकन, नतिजा प्रकाशन तथा प्रमाणिकरण कार्यविधि २०७७’ नै जारी गरेको थियो ।

    तर, विद्यालयहरुले आन्तरिक मूल्याङ्कन पठाउँदा लापार्बाही पाइएको हो । शिक्षा विकास तथा समन्वय इकाइ रुपन्देहीका प्रमुख दिपेन्द्र ढकालले जिल्लाका ३१७ विद्यालयहरुमध्ये १५ वटाले पूर्णांक भन्दा बढी अङ्क प्रदान गरेको पाइएको बताए । कुनैले शैद्धान्तिक, कुनैले प्रयोगात्मक तर्फको अङ्क दिन छुटाएका, कतै विषय विवरण गलत भर्ने गरेको पाइएको भन्दै ढकालले विद्यालयहरु गम्भीर नभएको पाइएको बताए । विवरण सही नहुँदा तीनवटा विद्यालयको अङ्क सफ्टवेयरमा अपलोड नै नभएपछि पत्रलेखेर हार्डकपी नै बोर्डमा पठाइदिएको उनले अनुभव सुनाए ।

    देशभरबाट आएको विवरण बोर्डमा आएर मार्क लेजर तयार पार्दा केही प्राविधिक त्रुटि देखिने गरेको भएपनि यसपाली विद्यालय आफैले लेजर तयार पारेकाले त्रुटि नहुने अनुमान गरिएको थियो । तर, पनि विद्यालयले पठाएको विवरण जिल्ला स्थित इकाइहरुमा सच्चिएर बोर्डमा आइपुग्दासमेत केही त्रुटिहरु पाइएको छ ।

    राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय(कक्षा १०)का नियन्त्रक रामराज खकुरेलले एसईई मूल्याङ्कनका सन्दर्भमा विद्यालयहरु र इकाईहरुसमेत गम्भीर नदेखिएको बताए । ‘धेरैले मिहिनेत गर्नुभएको छ तर, केही जिल्लामा समस्या देखिएका छन् ।’ उनले भने,‘ विद्यालयले आफ्ना ३०–४० जना विद्यार्थीको विवरण पठाउँदापनि त्रुटि गरेका पाइयो ।’

    जिल्लाबाट आएका विवरणहरुको बोर्डमा २५ समूह बनाएर विहिवारदेखि हार्डकपी र सफ्टकपी भिडान(रुजु)को काम भइरहेको भन्दै खकुरेलले यही साता नतिजा प्रकाशनको तयारी भइरहेको जानकारी दिए ।

    यसपालीको एसईई मूल्याङ्कन विद्यालयको प्रतिष्ठा र विश्वनीयतासँग गासिएको भन्दै जयन्ती मावि महावु–१, खरीगैरा दैलेकी प्रअ सरिता गुरुङले आफ्नो विद्यालयले कार्यविधि बमोजिम नै मूल्यांकन गरी विवरण इकाइमा पठाएको बताइन् ।

    विद्यालयतहको शिक्षाको जिम्मेवारी स्थानीय तहमा गएको भएपनि एसईई मूल्याङ्कनको सन्दर्भमा भने स्थानीयतहलाई कुनै भुमिका दिइएको छैन । यसबारे दुखुसो गर्दै मेलम्ची नगरपालिकाका प्रमुख डम्बर अर्यालले स्थानीय तहले बिग्रिए जश लिनुपर्ने तर काम गर्न नपाउने अवस्था रहेको बताए । ‘क्वारेन्टाइन भएका विद्यालयहरुलाई मूल्याङ्कनको काम गर्न छुट्टै ठाउँमा कोठाको व्यवस्था गरिदिऔ तर, हामीसँग समन्वय नगरी मूल्याङ्कन पठाउने काम भयो’– प्रमुख अर्यालले भने, ‘स्थानीय तहको पनि समन्वयमा यो काम गर्न पाएको भए अझ विश्वसनीय हुनसक्थ्यो ।’

    राष्ट्रिय परीक्षा बोर्डका अनुसार विद्यालयहरुले मूल्यांकन पठाउँदा, ऐच्छिक प्रथम र द्वितीय विषयमा फरक परेको, सबै विद्यार्थीहरुको समान अङ्क पठाएको, अविश्वनीयरुपमा धेरै अङ्क पठाएको, प्रयोगात्मक अङ्क पठाउन छुटाएको, पूर्णाङ्क भन्दा बढी अङ्क पठाएको, पुरा नपठाएको, सफ्ट र हार्डकपीमा फरक–फरक अङ्क पठाएको पाइएको छ ।

    शिक्षा पत्रकार समूहको यस २० औं नियमित साप्ताहिक शृंखलामा देशभरबाट शिक्षक, विद्यार्थी, शिक्षाका कर्मचारी, अभिभावक, शिक्षापत्रकारलगायत सरोकारवालाहरुको सहभागिता रहेको थियो ।

    प्रतिकृया दिनुहोस्

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...

    साथीको घरमा युवकको शव फेला

    भक्तपुरको चाँगुनारायण– ४ मा एक युवक मृत फेला परेका छन् । १९ वर्षीय निरोज लामा...

    चाँगुनारायणमा ५० जनालाई झोल साबुन बनाउने तालिम

    प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) को महिला संगठन अनेमसंघ (क्रान्तिकारी)ले चाँगुनारायणमा सिपयुक्त स्वरोजगार गृहिणी...

    भारतमा नेपाली विद्यार्थीमाथि दमन भएको भन्दै भक्तपुरमा बिरोध प्रदर्शन

    भारतको ओडिसा राज्यको राजधानी भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत एक नेपाली...

    कुकुरलाई हेर्ने दृष्टिकोण बदलौँ !

    “कुकुर” समाजमा हुने अरु प्राणीसरह नै हो । अझ भन्ने हो भने कुकुरको काम अरू...