News Portal

  • शिक्षक कर्मचारीको पीसीआर परीक्षण गर्न शिक्षक महासंघको माग

    सीताराम चौधरी/कपिलवस्तु१५ श्रावण २०७७
    १७५५ पटक
    १५ श्रावण २०७७

     

    शिवराज नगरक्षेत्रका विभिन्न पेशागत शिक्षक संघ संगठनले सामुदायिक विद्यालयका शिक्षक कर्मचारीहरुको पीसीआर परीक्षण गरिनुपर्ने मागसहित नगरपालिकामा ज्ञापन पत्र बुझाएका छन् ।

    नेपाल शिक्षक महासंघ शिवराज नगर कार्यसमिति संयोजक मुक्तिनाथ पोख्रेल नेतृत्वको टोलीले नगरप्रमुख नेत्रराज अधिकारीलाई मागपत्र बुझाएका हुन् । नगरभित्रका विभिन्न पेशागत शिक्षक संघ संगठनहरुको बैठकले नगरपालिकाभित्रका सामुदायिक विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीहरुको पीसीआर परीक्षण गर्नुपर्ने माग गरेको शिक्षक महासंघ नगरसंयोजक मुक्तिनाथ पोख्रेलले जानकारी दिए ।

    बैठकमा नेपाल राष्ट्रिय शिक्षक संगठनका नगरअध्यक्ष गिरीप्रसाद गैरे, एकीकृत अखिल नेपाल शिक्षक संगठनका नगरअध्यक्ष चिरन्जीवि घिमिरे, अखिल नेपाल शिक्षक संगठनका जिल्ला सचिव यादव चन्द र नेपाल शिक्षक संघका जिल्ला कोषाध्यक्ष बलदेव लामिछानेको सहभागिता थियो ।

    कोरोना भाइरस (कोभिड–१९) को प्रभाव समुदायमा परेको साथै नगरभित्रका शिक्षक तथा कर्मचारीहरु बैकल्पिक सिकाइ सहजीकरणका लागि समुदायमा गइरहेका र केही शिक्षकहरुमा पोजेटिभ देखिएका कारण नगरक्षेत्रका शिक्षक, कर्मचारीहरुको पीसीआर परीक्षण गर्नुपर्ने ज्ञापन पत्रमार्फत माग गरिएको छ ।

    ज्ञापन पत्र लिंदै नगरप्रमुख नेत्रराज अधिकारीले शिक्षकहरुको मागलाई प्राथमिकता आधारमा सम्बोधन गरिने आश्वासन दिए । साथै नगरप्रमुख अधिकारीले विद्यालय प्रशासनले समेत पठन पाठनको समयमा विशेष सुरक्षा संयन्त्र अपाउनुपर्ने सुझाव दिए । शिक्षा शाखा प्रमुख एवं निमित्त प्रमुख प्रशासकीय अधिकृत लोकराज पन्थीले सबैलाई भन्दा पनि कोरोना पोजेटिभ देखिएका शिक्षकहरु कार्यरत विद्यालय तथा सम्पर्कमा रहेकालाई पहिलो प्राथमिकता दिइने बताए ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...