News Portal

  • निर्मला हत्या प्रकरणमा प्रमाण नष्ट गरेको आराेप लागेका एसपीसहित ८ प्रहरी अधिकारीलाई सफाइ

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, १५ साउन
    १००८ पटक
    भक्तपुर, १५ साउन

    निर्मला पन्तको हत्या प्रकरणमा निलम्बनमा परेका नेपाल प्रहरीका एसपी डिल्लीराम बिष्टसहित ८ प्रहरीले अदालतबाट सफाइ पाएका छन् । कञ्चनपुरकी १४ वर्षीय बालिका निर्मला पन्तकाे बलात्कारपछि हत्याको घटनाको प्रमाण नष्ट गरेको र हिरासतमा लगिएका व्यक्तिलाइ चरम यातना दिएकाे आरोपमा कञ्चनपुरका तत्कालीन प्रहरी प्रमुखसहित ८ प्रहरी अधिकारी निलम्बनमा परेका थिए ।

    एसपी बिष्ट सहित ८ जना प्रहरी विरुद्ध सार्वजनिक न्यायविरुद्धको कसूर र यातनासम्बन्धी कसूरमा मुद्दा दर्ता भएको थियाे साेही मुद्दाकाे सुनुवाइ गर्दै जिल्ला अदालत कञ्चनपुरले उनीहरुलाइ सफाइ दिएकाे हाे । कञ्चनपुर जिल्ला अदालतका न्यायाधीश गोपालप्रसाद वास्तोलाको इजलासले दुबै मुद्धामा प्रहरी अधिकारीलाई सफाइ दिएका हुन् ।

    अदालतबाट सफाइ पाएपछि निलम्बित प्रहरी अधिकारीहरुलाई काममा फर्किन बाटो खुलेको छ । निर्मला पन्तको बलात्कारपछि हत्याको घटनामा एसपी विष्टसहित डीएसपी अंगुर जिसी र ज्ञानबहादुर सेटी, इन्सपेक्टर एकीन्द्र खड्का, जगदिश भट्ट, सई हरिसिंह धामी, रामसिंह धामी र हवल्दार चाँदनी साउदले प्रमाण नष्ट गरेको आरोप लागेको थियो ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...