वीरगञ्जस्थित जगदम्बा इन्टरप्राईजेजका सीईओको कोरोना संक्रमणका कारण ज्यान गएको छ। ५६ वर्षीय सीईओको कोरोना संक्रमणका कारण बिहीबार राति ज्यान गएको हो ।
नारायणी अस्थायी कोरोना अस्पताल गण्डकमा उपचारको क्रममा गएराति उनले ज्यान गुमाएका अस्पतालले पुष्टि गरेकाे छ । संक्रमण पुष्टि भएपछि करिब १० दिन अघिदेखि उनकाे उपचार गरिएपनि बचाउन नसकिएकाे डाक्टर निरज सिंहले जानकारी दिए ।
वीरगञ्ज–११ श्रीपुर बस्ने भारतीय नागरिक रहेका मृतक सीईओ मुटु सम्वन्धी रोगले ग्रसित रहेका थिए। वीरगञ्जमा हालसम्म काेराेनाका कारण मर्नेकाे संख्या ३ रहेकाे छ भने देशभर याे संख्या ५५ पुगेकाे छ ।