महानगरीय ट्राफिक प्रहरी महाशाखा बग्गीखाना पूर्णरुपमा सिल गरिएको छ। महाशाखामा कार्यरत दुई प्रहरीमा कोरोना देखिएपछि सिल गरिएको हो ।
त्यहाँ सेवाग्राही लाई मात्र नभई प्रहरी कर्मचारीलाई अनि आवतजावातमा रोक लगाइएको छ । कार्यरत एसएसपीदेखि ट्राफिक प्रहरी जवानसम्म करिब ३ सय जना भन्दा बढीलाई क्वारेन्टाइनमा राखिएको बताइएको छ।
महाशाखाका एसएसपी भीमप्रसाद ढकालले कन्ट्याक्ट ट्रेसिंगको कार्य भैरहेको भनेका छन् । ‘कार्यालयको सम्पर्कमा आएकाहरुको लिस्ट तयार गरीरहेका छौं ।’ उनले भने ।
शुक्रवार बग्गीखानाका २ प्रहरीलाई कोरोना पुष्टि भएपछि त्यहाँ कार्यरत सबै क्वारेन्टाइनमा छन् । जनशक्ति अभावका कारण ट्राफिक व्यवस्थापन समेत प्रभावित हुने भएको छ ।