News Portal

  • गृहमन्त्री थापाको निर्देशन– कार्यशैलीमा सुधार गर्नुस्

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, १८ साउन
    १०१७ पटक
    भक्तपुर, १८ साउन

    गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले कार्यशैलीमा सुधार गर्न मातहतका निकायहरुलाई निर्देशन दिएका छन् । अनुगमन, रिपोर्टिङ प्रणालीलाई सुधार गर्न तथा असार मसान्तमा मात्रै काम सक्ने परिपाटीको अन्त्य गर्नपर्ने आवस्यकता औल्याउदै उनले कार्यशैलीमा थप सुधार गर्न मातहतका निकायहरुलाई निर्देशन दिएका हुन् ।

    आइतवार मन्त्रालयमा गत आर्थिक वर्ष २०७६/७७ को वार्षिक समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकलाई सम्बोधन गर्दै उनले भने, ‘‘हामीले गत आर्थिक वर्षमा निर्धारण गरेका लक्ष्यहरु पूर्णरुपमा प्राप्त गर्न सकेनौँ । त्यसैले आगामी दिनमा अहिलेका कमजोरीहरु सुधार गरेर पूर्ण लक्ष्य प्राप्त हुनेगरी काम गर्नुहोस् ।”

    राष्ट्रको सुरक्षा, नागरिकको जिउ, धनको सुरक्षाको जिम्मेवारीलिएको गृहमन्त्रालय संवेदनशिल मन्त्रालय भएकोे भन्दै गृहमन्त्री थापाले मन्त्रालयको कामकारवाही पनि संवेदनशिल भएरै निर्वाह गर्न मातहतका निकायहरुलाई निर्देशन दिएका छन् । उक्त अवसरमा उनले तोकिएका लक्ष्य, काम कारवाही हासिल गर्न नसक्नुको कारण खोजिनुपर्ने भन्दैै त्यस्ता कार्य दोहरीए कारवाही गर्ने चेतावनी समेत दिए ।

    गृहमन्त्री थापाले अहिले सिमा सुरक्षालाई गृहमन्त्रालयले प्राथमिकतामा राख्दै सिमामा पाँच सय बिओपी स्थापनाको प्रकिया अगाडी बढाएको जानकारी गराउदै आवश्यक स्रोत साधानका लागि पहल भईरहेको जानकारी दिए ।

    कार्यक्रममा गृहसचिव महेश्वर न्यौपानेले पहिलो चौमासिकभित्रै सबै निकायले आफ्ना कार्यक्रम, योजना निर्माण तथा बोलपत्र आह्वानका काम सकेर दोसो चौमासिकबाट परिणाम आउने गरी काम गर्न निर्देशन दिएका थिए ।

    बैठकमा राष्ट्रिय योजना आयोग र अर्थ मन्त्रालयका प्रतिनिधिले गृहमन्त्रालयको वार्षिक कार्यसम्पादन सन्तोसजनक देखिएपनि पुँजिगत खर्च निकै कम भएको भन्दै सुधार गर्न आग्रह गरेका थिए ।

    बैठकमा गृह मन्त्रालय अन्तर्गतको नीति, योजना, अनुगमन तथा मुल्यांकन महाशाखाका प्रमुख सहसचिव चक्रबहादुर बुढाले गत आर्थिक वर्षमा मन्त्रालयले १९ भिभिन्न विषयहरुमा नितिगत तथा कानुनी सुधार गरेको, लागुऔषध प्रयोगकर्ता सर्वेक्षण सम्पन्न गरेको, मन्त्रालय र अन्तर्गतको बेरुजु फछ्र्यौट ७५ प्रतिशत भएको, अध्यागमन विभागमा बायोमेट्रिक पहिचान सहितको नेपाली पोर्ट सुरु भएको, विपद जोखिम न्युनिकरण तथा व्यवस्थापनका लागि डिएमएस सूचना प्रणलीको प्रयोग गरिएको, कैदिबन्दीलाई सीपमुलक तालिम प्रदान सुरु गरिएको, ३६ स्थानमा सिमामा सुरक्षाका लागि थप बिओपी स्थापना गरिएको लगायतका कार्य विवरण प्रस्तुत गरेका थिए ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...