पूर्व सूचना तथा सञ्चारमन्त्रीसमेत रहेका नेपाली काँग्रेसका केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतलाई पितृशोक परेको छ ।
उनका पिता खड्गबहादुर बस्नेतको गए राति निधन भएको हो । उनी लामो समयदेखि प्यारालाइसिसका बिरामी थिए । ८४ वर्षको उमेरमा शिक्षण अस्पतालमा उनको निधन भएको हो ।
त्रिविवि शिक्षण अस्पताल,मनमोहन कार्डियोथोरासिस भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा उपचाररको क्रममा उनले देह त्याग गरे ।
उनको शव आजै बाह्रबिसे लगी दाहसंस्कार गरिने पारिवारिक श्रोतले जनाएको छ ।