News Portal

  • २ सय भन्दा बढी सक्रिय संक्रमित भएका जिल्लाबाट उपत्यका आउन नपाइने !

    भक्तपुर, २६ साउन
    ११६८ पटक
    भक्तपुर, २६ साउन

    उपप्रधान एवं रक्षा मन्त्री इश्वर पोखरेलको नेतृत्वमा रहेको कोभिड–-१९ संकट व्यवस्थापन सेन्टर(सीसीएमसी)ले काठमाडौँ उपत्यका बाहिरको आवागमनमा पूर्ण बन्देज गर्न सरकारलाई सिफारिस गरेको छ ।

    सीसीएमसीको आइतबार बसेको बैठकले २ सय भन्दा बढी सक्रिय सङ्क्रमित भएका सबै जिल्लामा जाने र त्यहाँबाट उपत्यका प्रवेश गर्नेलाई रोक्न सिफारिस गरेको हो ।

    लक डाउन खुलेपछि काठमाडौं उपत्यकामा कामका लागि संक्रमित जिल्ला बाट फर्केका हरुले संक्रमण जोखिम बढाएका भन्दै उपत्यका नगरपालिका फोरमले उपप्रधान एवं रक्षा मन्त्री इश्वर पोखरेललाई आइतवार ध्यानाकर्षण गराएको थियो । फोरमका अध्यक्ष एवं महानगरका मेयर विद्यासुन्दर शाक्य र सचिव एवं मध्यपुर थिमिका मेयर मदनसुन्दर श्रेष्ठले पोखरेललाई भेटी उपत्यका मुलुकको राजधानी समेत भएको र यहाँको घनावस्ती युक्त क्षेत्रमा कोरोना संक्रम समुदायस्तरमा पुग्दा ठूलो क्षतीको खतरा रहेको अवस्था अवगत गराउदै यहाँ प्रवेश गर्ने नाकामा कडाई गर्न आग्रह गरेका थिए ।

    उनीहरुको आग्रह पछि आइतवार नै सीसीएमसीको बैठक बोलाएर यी सवालहरुमा गम्भिरताका साथ छलफल गर्छौ भनेर पोखरेलले प्रतिवद्धता जनाएका कुरा मेयर शाक्यले भक्तपुर पोस्टलाई जानकारी गराएका थिए । प्रतिवद्धता अनुरुप सीसीएमसीको बैठकले २ सय भन्दा बढी सक्रिय सङ्क्रमित भएका सबै जिल्लामा जाने र त्यहाँबाट उपत्यका प्रवेश गर्नेलाई रोक्न सिफारिस गरेको हो ।

    भक्तपुर पोस्ट श्रोतका अनुसार सोमबार बस्ने मन्त्रिपरिषद् बैठकले सीसीएमसीको सिफारिस बमोजिम २ सय भन्दा बढी सक्रिय सङ्क्रमित भएका जिल्लाबाट उपत्यका प्रवेशमा बन्देज लगाउने निर्णय गर्नेछ ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...