News Portal

  • गोंगबुमा भएको बिभत्स हत्याको आरोपमा एक महिला सार्वजनिक

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, २७ साउन
    ११९८ पटक
    भक्तपुर, २७ साउन

    आइतबार टोखा १० गोगबुस्थित नवज्योति मार्गमा भएको बिभत्स हत्याको आरोपमा एक महिलालाई प्रहरीले सार्वजनिक गरेको छ । मंगलवार पत्रकार सम्मेलन मार्फत उनलाई सार्वजनिक गरिएको हो ।

    शरीरबाट टाउको छुट्टीएको अवस्थामा सुटकेस र जेब्रा झोलामा आइतवार फेला परेको शवको सोमबार पहिचान खुलेको थियो । अनुसन्धानमा जुटेको प्रहरीले मंगलवार हत्याको आरोपमा एक महिलालाई सार्वजनिक गरेको हो ।

    उक्त विभत्स र क्रुर हत्यामा चितवनकी कल्पना मुडभरी(पौडेल) को संलग्नता प्रहरीले पुष्टि गरेको छ । कल्पनाले हत्या स्वीकार गरेको प्रहरीको भनाइ छ ।

    उनले स्लिपिङ ट्याब्लेट खुवाए पछि अण्डकोषमा ह्यामरले हानेको र खुकुरीले टाउको र खुट्टा छिनाएको बयान दिएकी छिन् । शव व्यवस्थापनमा उनलाई १० कक्षामा पढ्ने उनकी छोरीले सहयोग गरेको बयानमा भनेकी छन् ।
    शव फेला परेको स्थानबाट ५० मिटर परको घरमा फ्ल्याट भाडामा लिएर बसेकी कल्पनालाई हत्याको अभियोगमा प्रहरीले सोमबार राति चितवनबाट पक्राउ गरेको जनाएको छ । हत्यापछि उनी एम्बुलेन्स लिएर चितवन पुगेकी बताइएको छ ।

    प्रहरीका अनुसार कल्पना कलाकारसमेत हुन् । उनले केही टेलिफिल्ममा अभिनय समेत गरेकी छिन् ।मृतक रोल्पाका कृष्णबहादुर बोहोरा र कल्पना बीच फेसबुक मार्फत चिनजान भएको र त्यो आर्थिक लेनदेन र यौन संग जोडिएको र हत्याको कारण बनेको बताइएकाे छ ।कल्पनाको श्रीमान् बैदेशिक रोजगारीमा छन् ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...