
गृह मन्त्रालयले धादिङका प्रमुख जिल्ला अधिकारीलाई पर्सा पठाएको छ भने धादिङमा अछामका सिडिओ सरुवा भएका छन् ।
मन्त्रालयले धादिङका प्रमुख जिल्ला अधिकारी आसमान तामाङलाई पर्सा जिल्लामा पठाएको हो भने धादिङमा अछामका प्रमुख जिल्ला अधिकारी पुण्य पौडेललाई सरुवा गरेको छ ।
पर्साका प्रमुख जिल्ला अधिकारी विष्णु कार्की मन्त्रालय तानिएका छन् भने अछाममा गोकर्ण उपाध्यायको सरुवा भएको छ ।