म्याग्दी जिल्लाको बेनी नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष हिराबहादुर थापालाई कालो मोसो दलिएको छ ।नेत्रबिक्रम चन्द ‘विप्लव’ नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टीले उनलाई कालोमोसो दलेको हो ।
भ्रष्टाचार गरेको अभियोगमा उनलाई कालो मोसो दल्नुका साथै जुत्ताको माला समेत लगाइएको छ । वडा कार्यालयमा नै पुगी विप्लवका कार्यकर्ताले उनीमाथिकालो मोसो दल्नुका साथै जुत्ताको माला लगाइ दिएका हुन् ।
उनी माथि भ्रष्टाचार गरेको, बजेट वितरणमा मनोमानी गरेको लगायत आरोप लगाइएको छ ।