News Portal

  • आज राति १२ बजेदेखि ७ गतेसम्म कास्कीमा निषेधाज्ञा

    ९०२ पटक

    पोखरा, २ भदौ । आज राति १२ बजेदेखि कास्की जिल्लामा निषेधाज्ञा जारी गरिएको छ । आजदेखि ७ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा जारी गरिएको हो ।
    जिल्लास्तरीय कोरोना रोकथाम नियन्त्रण र व्यवस्थापन समितिको निणर्यपछि सुरक्षा समितिको बैठक बसेर निषेधाज्ञा जारी गरिएको हो ।

    विज्ञहरुसँगको छलफलपछि पोखरा महानगरपालिकाले प्रदेशको कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) मा निषेधाज्ञा जारी गर्न सिफारिस गरेको थियो ।  सोमबार बसेको सीसीएमसीको बैठकले स्थानीय सरकारको समन्वयमा जिल्ला प्रशासन कार्यालयलाई आवश्यकताअनुसार निषेधाज्ञा जारी गर्न अनुमति दिएको थियो ।

    मंगलबारको बैठकले ७ दिनका लागि निषेधाज्ञा जारी गर्ने र कार्यान्वयन गराउन सुरक्षा संयन्त्रसमेत परिचालन गर्ने निणर्य भएको जिल्ला प्रशासन कार्यालय कास्कीले जनाएको छ ।
    चाडवाड नजिकिएसँगै कोरोना संक्रमणको जोखिम पनि बढेको छ भने पछिल्लो समय समुदायस्तरमा संक्रमितको संख्या पनि ह्वात्तै बढेकाले ५ दिन निषेधाज्ञा जारी भएको कास्की प्रहरी प्रमुख जीवनराम श्रेष्ठले जानकारी दिए ।

    पोखरा महानगरपालिकाभित्र सोमबार राति र बिहानमात्रै १५ जनामा संक्रमण पुष्टि भइसकेको छ । निषेधाज्ञा जारी भएसँगै अत्यावश्यकबाहेक सबै गतिविधि ठप्प हुने छ । अहिले ५ दिनका लागि निषेधाज्ञा जारी गरिएको र आवश्यक परे फेरि थप गर्न सकिने जिल्ला प्रशासन कार्यालय कास्कीले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...