News Portal

  • अन्तत: नेकपा एमाले नामको दल दर्ता

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, ३ भदौ
    १२१३ पटक
    भक्तपुर, ३ भदौ

    प्रधानमन्त्री केपी शर्मा ओलीकै निर्देशनमा दर्ता पहल भएको भनेर सत्तारुढ दलभित्र चर्चा पाएको नेकपा एमाले नामको दल अन्तत: औपचारिक रुपमा दर्ता भएको छ । निर्वाचन आयोगले करिव २ महिना लगाएर यो दललाइ दर्ता गरेको हो ।

    नेकपा एमाले नाम राखेर दल दर्ता गर्न गत १२ असारमा आयोगमा आवेदन परेको थियो । तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) एकीकरण भएर नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निर्माण भएको थियो । २ पार्टी एकतामा गएपछि माओवादी केन्द्र गोपाल किराती समुहले लिएका थिए भने नेकपा एमाले भने अस्तित्वमा थिएन ।

    नेकपा एमाले नामको दल दर्ताका लागि निवेदन परेको खबर बाहिर आएपछि सत्तारुढ दलभित्र ठूलो हल्लीखल्ली भएको थियो । अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, उपाध्यक्ष बामदेव गौतम, बरिष्ठ नेता झलनाथ खनालले सार्वजनिक कार्यक्रममै यो सबै काम अध्यक्ष तथा प्रधानमन्त्री ओलीले नै गरेको आरोप पनि लगाएका थिए ।

    आयोगले दर्ता गरेको नवगठित नेकपा एमालेको अध्यक्षमा सन्ध्या तिवारी छन् भने महासचिवमा मनिषकुमार उपाध्याय रहेका छन् । यो पार्टीले आफ्नो छापमा डाँडामा उदाउँदो सूर्य राखेको थियो । आयोगले कानुनअनुसार सबै मापदण्ड पुगेकाले दल दर्ता गर्ने निर्णय लिइएको जानकारी दिएको छ ।

    प्रतिकृया दिनुहोस्

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...