News Portal

  • आफ्नै आमाको हत्या अभियोगमा पक्राउ

    सर्लाही, ७ भदौ
    ११८४ पटक
    सर्लाही, ७ भदौ

    आफ्नै आमाको हत्या गरेको अभियोगमा सर्लाही प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।  लालबन्दी नगरपालिका-२ पुनर्वास टोल बस्ने ३२ वर्षीय राजबीर पासवानलाई शनिबार राति प्रहरीले पक्राउ गरेको हो ।

    पासवानले मादक पदार्थ सेवन गरी आफ्नै आमा ५० वर्षीया उर्मिला पासवान र बुवा ५५ वर्षीय उपेन्द्र पासवानलाई ढुङ्गा प्रहार गर्दा आमाको टाउकोमा चोट लागेर घटनास्थलमै मृत्यु भएको प्रहरीको भनाइ छ ।

    टाउकोमै चोट लागी गम्भीर घाइते भएका बाबु उपेन्द्रको मनिषा हेल्थ केयर नवलपुरमा उपचार भइरहेको बताइएको छ । घटनाको खबर प्राप्त भएपछि ईलाका प्रहरी कार्यालय नवलपुर र ईलाका प्रहरी कार्यालय लालबन्दीबाट खटिएको प्रहरीले राजबीरलाई पक्राउ गरेको हो ।

    यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...