News Portal

  • सेभ द चिल्ड्रनले सरकारलाई दियो करिब २ करोडको भेन्टिलेटर

    भक्तपुरपोस्ट संवाददाता८ भाद्र २०७७
    ८०२ पटक
    ८ भाद्र २०७७

    काठमाडौं । कोभिड –१९ संक्रमण रोकथाममा सहयोग पुर्याउँदै आएको सेभ द चिल्ड्रनले सरकारलाई सात वटा भेन्टिलेटर दिएको छ । कोभिडका विरामीहरु बढ्दै गएर भेन्टिलेटरको अभाव खेप्ने सम्भावना बढिरहेका बेला ग्लोबल फन्ड परियोजना मार्फत सेभ द चिल्ड्रनले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई उपलब्ध गराईएको मेकानिकल भेन्टिलेटर एक करोड ७५ लाख ३० हजार ५ सय ३७ रुपैयाँ बराबरको रहेको छ ।

    सेभ द चिल्ड्रनको तर्फबाट राजन भट्टराईले ती भेन्टिलेटर मन्त्रालयका कन्ट्री कोअर्डिनेट मेकानिजम (सीसीएम) का अध्यक्ष तथा वरिष्ठ विशेषज्ञ डा। रोशन पोखरेललाई हस्तान्तरण गरेका हुन् । सरकारलाई उपलब्ध गराइएका भेन्टिलेटरहरु महिला तथा बालबालिका र पिछडिएको समूदायको स्वास्थ्य उपचारमा प्रयोग हुनेमा विश्वस्त रहेको सेभ द चिल्ड्रनका निमित्त राष्ट्रिय निर्देशक विरेन्द्र ठगुन्नाले बताए ।

    यसैबीच कोभिड–१९ संक्रमण नियन्त्रणको सहयोग स्वरुप सेभ द चिल्ड्रनले ग्लोबल फन्ड प्रोजेक्टमार्फत नै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशलालाई पीसीआरको नमूना संकलन कार्यमा प्रयोग हुने सामग्री (पीसीआर स्याम्पल एक्स्ट्राक्सन मसिन) पनि उपलब्ध गराएको छ । यसका साथै देशभरका परीक्षण ल्याबमा २० हजार थान आरएनए जाँच र २० हजार थान पीसीआर जाँचका लागि उपकरणसमेत उपलब्ध गराएको छ ।

    सेभ द चिल्ड्रनले गत बैशाखमा स्वास्थ्यमन्त्री भानुभक्त ढकालमार्फत् कोभिड–१९ संक्रमण रोकथाम तथा उपचारमा सघाउने उद्देश्यले स्वास्थ्य मन्त्रालयलाई १ हजार ७ सय ४३ सेट व्यक्तिगत सुरक्षा सामग्री (पिपिई) दिएको थियो ।

    कोभिड – १९ संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सेभ द चिल्ड्रन सम्बन्धित संघीय मन्त्रालय तथा स्थानीय तहसँगको सहकार्यमा मेडिकल तथा यसबाहेकका आपूर्ति, क्वारेन्टिन स्थलको व्यवस्थापन, प्रभावकारी सरसफाई व्यवस्थापनको प्रवद्र्धन र बालबालिका सुरक्षा प्रणाली तथा कोभिड–१९ बाट बच्ने उपायस्वरुप सूचनामूलक सन्देश प्रवाह गर्ने कार्यमा अग्रभागमा रहेर काम गर्दै आएको छ ।

    प्रतिकृया दिनुहोस्

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...

    साथीको घरमा युवकको शव फेला

    भक्तपुरको चाँगुनारायण– ४ मा एक युवक मृत फेला परेका छन् । १९ वर्षीय निरोज लामा...

    चाँगुनारायणमा ५० जनालाई झोल साबुन बनाउने तालिम

    प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) को महिला संगठन अनेमसंघ (क्रान्तिकारी)ले चाँगुनारायणमा सिपयुक्त स्वरोजगार गृहिणी...

    भारतमा नेपाली विद्यार्थीमाथि दमन भएको भन्दै भक्तपुरमा बिरोध प्रदर्शन

    भारतको ओडिसा राज्यको राजधानी भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत एक नेपाली...

    कुकुरलाई हेर्ने दृष्टिकोण बदलौँ !

    “कुकुर” समाजमा हुने अरु प्राणीसरह नै हो । अझ भन्ने हो भने कुकुरको काम अरू...