काभ्रेका सिडिओ श्रवण कुमार तिमिल्सिनाको सरुवा भएको छ । उनको झापा जिल्लामा सरुवा भएको हो ।
झापा प्रधानमन्त्री केपी शर्मा ओलीको निर्वाचित जिल्ला पनि हो । झापाका तत्कालिन सिडिओ महावाणिज्यदुत भएपछि तिमिल्सिना झापा जिल्लामा सरुवा भएका हुन् ।
गृह मन्त्रालय स्रोतले जनाए अनुसार तिमिल्सिनाको झापामा सरुवा भएपछि काभ्रेमा सल्यानका सिडिओ शिवराम पोखरेलको सरुवा गरिएको छ र मन्त्रालय बाट हेमराज तामाङलाई सल्यान सरुवा गरिएको बुझिएको छ ।