News Portal

  • मानिसलाई बाँदरसँगै पिँजडामा राखेकोमा न्यूयोर्कको चिडियाखानाले १०० वर्षपछि माफी माग्यो

    भक्तपुरपोस्ट संवाददाता१६ भाद्र २०७७
    ८४८ पटक
    १६ भाद्र २०७७

    ओटो बेङ्घालाई कङ्गोबाट सन् १९०४ मा नियन्त्रणमा लिइयो र प्रदर्शनीमा राख्न अमेरिका लगियो । बाँदर राख्ने पिँजडामा एक अफ्रिकी किशोरलाई राखिएको समाचारले चर्चा पाएको एक शताब्दीपछि न्यूयोर्कको ब्रंक्स चिडियाखानाले क्षमायाचना गरेको छ। वाइल्डलाइफ कन्जर्भेसन सोसाइटीले सन् १९०६ मा बेङ्घालाई आफ्नो प्रदर्शनीमा राखिएकोमा माफी मागेको हो। सोसाइटीले यसअघि यो विषयलाई बेवास्ता गर्दै आएको थियो।

    सन् १९०६ सेप्टेम्बर ९ मा चिडियाखानामा राखिएको दिनदेखि सेप्टेम्बर २८ मा रिहा नहुन्जेलसम्म बेङ्घाको समाचारको युरोप र अमेरिकामा निकै चर्चा भएको थियो। उक्त प्रकरणलाई सोसाइटीले सय वर्षसम्म ढाकछोप गर्न खोजेको थियो।

    उसले वास्तविकभन्दा मिथ्या विवरण दिएको र गलत विवरणलाई पनि वर्षौँसम्म नसच्याएको देखिन्छ। चिडियाखानाले सन् १९०६ मा एक पत्रमा बेङ्घा चिडियाखानाको कर्मचारी रहेको मिथ्या विवरण दिएको देखिन्छ।  दशकौँसम्म त्यो प्रपञ्चले काम गरेको थियो।

    ओटो बेङ्घा को थिए ?

    ‘स्पेक्टेकल: द एस्टनीसीङ लाइफ अफ अटो बेङ्घा’ पुस्तकका अनुसार:

    -त्यसबेलाको बेल्जीयन कङ्गोबाट अमेरिकी व्यापारी स्यामुएल भेर्नरले सन् १९०४ को मार्चमा उनलाई बन्धक बनाएका थिए। उनको -वास्तविक उमेर यकिन छैन। उनी १२ वा १३ वर्षका भएको अनुमान गरिन्छ।
    -पानीजहाजबाट उनलाई न्यू ओर्लिन्स पुर्याइएको थियो र त्यो वर्ष सेन्ट लुइसमा आयोजित मेलामा प्रदर्शनीमा राखिएको थियो।
    -जाडो महिनामा चलेको मेलामा उनी र अन्य आठ जनालाई पर्याप्त कपडा र अवासबिना राखिएको थियो।
    -सेप्टेम्बर १९०६ मा उनलाई न्यूयोर्कको ब्रंक्स चिडियाखानामा उनलाई २० दिन प्रदर्शनीमा राखिएको थियो।
    -बन्धक बनाएकोमा इसाई धार्मिक नेताबाट विरोध भएपछि उनलाई न्यूयोर्कको एक आश्रयस्थलमा राखिएको थियो।
    -सन् १९१० ज्यानुअरीमा उनी भर्जिनिया पुगेका थिए।
    -सन १९१६ मा उनले आत्महत्या गरेका थिए।

    सन् १९७४ मा उक्त चिडियाखानाका क्युरेटर विलीयम ब्रिजेजले त्यसबेला के भएको थियो ठ्याक्कै थाहा नभएको दाबी गरेका थिए । आफ्नो पुस्तकमा उनले लेखेका थिए, “अटो बेङ्घालाई के आश्चर्यजनक वा दुर्लभ जनावर जसरी प्रदर्शनीमा राखिएको थियो ?” चिडियाखानाको पुराना अभिलेख हेर्ने जिम्मा पाएका उनी नै उक्त प्रश्नको सबैभन्दा राम्रो जबाफ दिनसक्ने व्यक्ति थिए । “उनलाई पिँजडामा निश्चित समय प्रदर्शनीमा राख्नु अमिल्दो देखिन्छ,” उनले अभिलेखलाई बेवास्ता गर्दै लेखेका थिए।

    भारी हतियारबाट सुसज्जित भएर कङ्गो पुगेर अटो बेङ्घा र अरूलाई बन्धक बनाएर भेर्नरका नातिले सन् १९९२ मा सह-लेखन गरेको पुस्तकमा पनि मिथ्या विवरण दिइएको छ। उक्त पुस्तकमा भेर्नर र बेङ्घाबीच मित्रताको चर्चा गरिएको छ। बेङ्घाले आफूलाई बन्धक बनाउँदा विरोध गरेपनि न्यूयोर्कमा प्रदर्शनमा सहभागी हुँदा खुसी भएको लेखिएको छ।

    केहीले सय वर्षपछिको अपूर्ण माफीपछि अब सोसायटीले यस विषयमा पूर्ण सत्य बाहिर ल्याउनु पर्ने बताएका छन्। यो प्रकरणले संरक्षण र यसको इतिहासका बारेमा जनचेतना फैलाउने मौका दिने उनीहरू बताउँछन्।उनीहरूले दिएको सुझावमध्ये एउटा सुझाव सोसायटीले आफ्नो शिक्षा केन्द्रको नाम अटो बेङ्घाको नाममा राख्ने रहेको छ।

    विविसीबाट

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...