बाख्रा चराउन गएकी बालिका बलात्कारमा परेकी छन्। बाख्रा चराउन गएकी एक १५ वर्षीया बालिका बलात्कारमा परेकी हुन् ।
गणेशमान चारनाथ नगरपालिका-८ स्थित ती बालिकालाई चारनाथ खोला नजिकै दुई पुरुषले बलात्कार गरेका बताइएकाे छ । गत साेमबार ती किशोरी बाख्रा चराउन चारनाथ खोला नजिकै पुगेकी थिइन्। उनलाइ मास्क लगाएका दुई पुरुषले मुख थुनेर पालैपालो बलात्कार गरेको पीडितका आफन्तले जानकारी दिएका छन् ।
पीडित परिवारले ईलाका प्रहरी कार्यालय ढल्केबरमा घटनाकाे उजुरी गरेकाे भएपनि अझै बलात्कारीहरु पक्राउ पर्न सकेका छैनन् । ईलाका प्रहरी कार्यालय ढल्केबरले आफूहरु अनुसन्धानमा रहेकाे र तीन जनालाई नियन्त्रणमा लिएको जानकारी दिदै अपराधीहरु उम्कन नसक्ने जिकिर गरेकाे छ।