News Portal

  • नेवाः समुदायलाई गाली गलौज किन ?

    महेश्वर मानन्धर १९ भदाैं, २०७७
    ३०४१ पटक
    १९ भदाैं, २०७७

    हिजो ललितपुरमा भएको रथ जात्रा झडप पछि विभिन्न व्यक्तिहरूले नेवाः समुदायलाई गाली गलौजका शब्दवाणहरू प्रयोग गरिएको देखियो । यो नेवाः भावना माथि गरिएको जातीय हिंसा नै हो । यस्ता निन्दनीय कार्यको घोर बिरोध गरौं ।

    जब सडक विस्तारको नाममा नेवाःहरूको घर भत्काउन थाल्यो, सो कार्यको बिरूद्धमा नेवाःहरू सडक आन्दोलनमा आए पछि नै हो, यस प्रकारका अधिक मात्रा नेवाः बिरूध्दमा गाली गलौजका शब्दहरू प्रयोग गर्न थालिएको । राज्यले यसरी फुक्यो कि नेवाःहरू अतिक्रमणकारी, सरकारबाट मुअब्जा बुझेर पनि ठाउँ नछाड्ने अटेरी, विकास बिरोधि, सरकारको काममा साथ नदिने आदि ईत्यादी । यसरी फुकेपछि हो न हो, नेवाःहरू यस्तै हुन्छन् भन्ने अरू जातीका मान्छे र उपत्यका बाहिर बस्ने सबैले यस्तै सोच बनाए ।

    देश विकासको नाममा जति पनि योजना परियोजनाहरू ल्याए, ती पनि काठमाडौंमा नै केन्द्रीकृत हुने खालको ल्याएर यहाँका नेवाःहरूलाई चिढाउने र आन्दोलन गरे बदनाम गर्ने कुचेष्टा गरियो ।

    #खोना को घाउ आलै छ । जो जो यस आन्दोलनमा सरिक भए तिनका बिरूद्ध नेवाः होस् वा गैर-नेवाः, सबै अरिङ्गाल जसरी खनिए । गाली गर्नेहरूको कमी थिएन । विकास बिरोधि नै भने, मुअब्जा बुझेर ठाउँ नछाड्ने पनि भने । केही मिडियाहरूले सकारात्मक समाचार संप्रेषण गरेपछि भने अन्तर्राष्ट्रियकरण भयो र सरकार पछि हट्यो ।

    पछिल्लो समयमा जहाँ जे जसरी आन्दोलन भए नेवाःहरूको मात्रै भईरहेको छ । सरकार आफै नेवाःहरूलाई समुल नष्ट गर्न खोजिएको भान हुन थालेको छ भने गैर-नेवाःहरू नेवाःहरूको भावनामा ठेस पुग्ने गरि गाली गलौजमा उत्रिई जातीय हिंसा गर्न उक्साई रहेको देखिन्छ । अबका नेवाः युवाहरू यस प्रकारको हिंसा सहनेखालका छैनन् । जगजाहेर छ, नेवाःहरूको मनाेरञ्जनात्मक आन्दोलन हुने गर्दछ ।

    नेवाःहरूको जस्तो मनोरञ्जनात्मक आन्दोलन विश्वमा सायदै होला । जति नै शान्तिपूर्ण आन्दोलन भनिएपनि झडप हुने सम्भावनालाई नकार्न सकिन्न । आन्दोलनमा जाने भनेपछि ठाउँ अनुसार लाठो बोक्ने, सांकेतिक ब्यानर , टायर बाल्ने, पेट्रोलका पोका बोक्ने, नग्नता प्रदर्शन गर्ने लगायत सांकेतिक रूपमा अन्य कार्य गर्ने गर्दछन् । हामी नेवाः मात्रै हौं, जस्तोसुकै आन्दोलनमा पनि धिमे र झ्याली पिट्दै, तालमा नाच्दै मनाेरञ्जनात्मक आन्दोलन गर्छौं ।

    अन्ततः आन्दोलन, आन्दोलन नै हो । जसको कुनै रूप र बाटो हुन्न । जस्तोसुकै रूप लिन सक्छ । यस्तो कार्य गर्न हुन्नथ्यो, यस्तो हुनु पर्थ्यो भन्ने हुँदैन । जित्न कै लागि लडिरहने छन् । त्यसैले सरकार र राज्यका तत् निकायहरूमा आसिन महोदयहरूले आफ्पनो क्षमता देखाउन सक्नु पर्छ । दुबै पक्षबाट भएका यस्ता निन्दनीय हर्कतलाई समय मै समाधान गर्न सक्नु पर्छ । नत्र, बिकराल रूप लिन समय लाग्दैन ।

    (मानन्धर सम्पदा अभियन्ता हुन् ।)

    प्रतिकृया दिनुहोस्

    यो सरकार काण्ड खोतल्न होइन, मिलाउन बनेको हो : पूर्व प्रधानमन्त्री प्रचण्ड

    पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नक्कली भूटानी शरणार्थी लगायतका विभिन्न...

    काठमाडौंमा माओवादी केन्द्रको खबरदारी सभा

    नेकपा माओवादी केन्द्रले आज काठमाडौंमा खबरदारी सभा गरिरहेको छ । सुन्धाराबाट जुलुससहित आएको र्याली प्रदर्शनी...

    भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता शुरु

    भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता शुरु भएको छ । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान...

    भक्तपुरकी सिडिओ श्रेष्ठको सरुवा

    roshani shreshtha cdo

    भक्तपुरकी सिडिओ रोशनीकुमारी श्रेष्ठको सरुवा भएको छ । गृह मन्त्रालयले शुक्रवार उनको सरुवा गरेको हो...

    स्वन्ती नःखा (तिहार) मनाउने सम्बन्धमा भक्तपुर नगरमा पन्चाङ्ग निर्णय

    Tihar

    यस वर्षको स्वन्ती नःखा (तिहार) मनाउने सम्बन्धमा भक्तपुर नगरले पन्चाङ्ग निर्णय गरेको छ । भक्तपुर...