News Portal

  • लकडाउनको विकल्प खोज्न माग गर्दै व्यवसायीद्वारा ध्यानाकर्षण पत्र

    सीताराम चौधरी/कपिलवस्तु२२ भाद्र २०७७
    ८०० पटक
    २२ भाद्र २०७७

    कपिलवस्तु । कोभिड–१९ का कारण लामो समयदेखि मार खेप्न बाध्य व्यवसायीले लकडाउनको विकल्प खोजिनुपर्ने माग गरेका छन् ।

    लकडाउनले व्यापार व्यवसाय चौपट हुँदा शिवराज नगरपालिकाका व्यापारी व्यवसायीले संयुक्त अपिल गर्दै लकडाउनको विकल्प खोज्न माग गरेका हुन् । जिल्ला प्रशासन कार्यालयले भदौ २२ गतेसम्म जिल्ला लकडाउन गरेको छ । भदौ २२ पछि यसको विकल्प खोजिनुपर्ने माग राख्दै शिवराजका व्यापारी व्यवसायीले नगरपालिका र इलाका प्रशासन कार्यालयमार्फत जिल्ला प्रशासनलाई ध्यानाकर्षण पत्र बुझाएका हुन् ।

    नगरका ५३ जना व्यवसायीहरुले कोभिड–१९ (कोरोना) का कारण पछिल्लो पटक जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले लगातार जारी गर्दै आइरहेको लकडाउनको अब विकल्प खोज्नुपर्ने माग राख्दै हस्ताक्षर गरेका छन् । व्यवसायीहरुले विश्वभरि फैलिएको कोरोना भाइरसका कारण नेपाल पनि उच्च जोखिममा रहेको अवस्था हँुदाहँुदै पनि यसको असरका कारण लम्बिएको लकडाउनले उद्योग व्यवसाय क्षेत्र दिनानुदिन नाजुक र गम्भीर अवस्था बन्दै गएको बताएका छन् । लगातार लकडाउन बढ्दै जाँदा आर्थिक गतिविधि ठप्प भई चरम अभाव भोक र व्यवसायिक तनाव बढ्दै गइरहेको अपिलमा उल्लेख छ । स्वास्थ्य सेवाको स्तरोन्नति, परीक्षणको दायरा बृद्धि र पूर्वाधार विकासको सट्टा लकडाउनलाई मात्रै निर्विकल्प ठानेर लकडाउनले समस्या समाधान नहुने भएकाले यसको विकल्प खोज्नुपर्ने व्यवसायीहरुले माग गरेका छन् ।

    व्यवसायीहरुको अगुवाई गर्दै युवा व्यवसायीहरु सरोज पौडेल, गणेश जिसी, बिजय सापकोटासहितको टोलीले नगरप्रमुख नेत्रराज अधिकारी र उपप्रमुख शिवकुमारी थारुलाई संयुक्त अपिल बुझाएका थिए । अपिलमार्फत व्यवसायीले विश्व स्वास्थ्य संगठनको स्वास्थ्य मापदण्ड पालना गर्दै व्यापार व्यवसाय संचालन गर्नुपर्ने माग गरेका छन् । लकडाउनको विकल्प नखोजिए व्यवसायीहरु पलायन हुने अवस्था आउने युवा व्यवसायी सरोज पौडेलले गुनासो गरे । भाद्र २२ गतेपछि पनि विकल्प नखोजिए लकडाउनलाई नै निरन्तरता दिए भाद्र २३ गतेबाट व्यवसायीहरुले स्वतःस्फूर्त स्वास्थ्य मापदण्ड पालना गर्दै व्यवसाय संचालन गर्ने समेत उनले चेतावनी दिए ।

    लकडाउनले सबै समस्या समाधान नभएको र व्यवसायीहरुलाई यसले नराम्रो असर पारेकोले यसको विकल्प खोज्नुपर्ने पक्षमा आफू समेत रहेको नगरप्रमुख नेत्रराज अधिकारीले आश्वासन दिए । व्यवसायीको मागलाई जिल्ला प्रशासनमा हुने छलफलमा आफूले उठाउने र त्यसपछि जे निर्णय हुन्छ सोही अनुसार अगाडि बढ्ने अधिकारीले बताए ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...