काठमाडौं । सरकारले तीन वर्षदेखि रोकिएको जग्गा कित्ताकाट खुला गरेको छ । सरकारले २०७४ साल साउन २६ गते कित्ताकाटमा रोक लगाएको थियो।
तर पछि २०७५ साल पुस २९ गते एउटा परिपत्र गरेर मन्त्रालयले स्थानीय तहले बनाएको निर्देशक समितिले जग्गालाई खेतीयोग्य र अन्य भनी वर्गीकरण गर्न अनुमति दिएको थियो।
सोही वर्गीकरण अनुसार खेतीयोग्य बाहेकका जग्गामा निर्देशक समितिको सिफारिसमा वर्षको दुई कित्तासम्म कित्ताकाट गर्न सकिने थियो।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मकुमारी अर्यालले आफ्नो मन्त्रालयले पहिले गरेको निर्णय त्रुटिपूर्णू रहेको बताउँदै कित्ताकाट खुला गर्ने निर्णय गरिएको बताइन् । उनले अहिले भू-उपयोगसम्बन्धी कानुन बनिसकेकाले कित्ताकाट खुला गरिएको बताइन्।