News Portal

  • गतसाता पुल्चोकबाट पक्राउ परेका सबै नेवा: अभियन्ताको पूर्वमन्त्री लगायतको पहलमा रिहाई

    भक्तपुरपोस्ट संवाददाताभक्तपुर, २५ भदौ
    ९१८ पटक
    भक्तपुर, २५ भदौ

    रातो मच्छिन्द्रनाथको रथयात्रा गराएको अभियोगमा पक्राउ परेका नेवा: संस्कृति बचाउ अभियानका अभियन्ताहरु रिहा भएका छन् । एक साता अघि पक्राउ परेका उनीहरु सबै नै बिहीबार रिहा भएका हुन् ।

    रथ यात्रालाई सम्पन्न गर्न सम्बन्धिय निकायले बेवास्ता गरेपछि उक्त कार्य सम्पन्न गर्न पहल गर्ने क्रममा प्रहरीले उनीहरुलाई पक्राउ गरेको थियो । पुल्चोकबाट करिब २ दर्जन मानिसहरु पक्राउ परेका भए पनि असोज महर्जन , यादवलाल कायस्थ लगायतलाई प्रहरीले मुद्दा लगाउने तयारी गरेको थियो ।

    प्रक्रियागत त्रुटी भएपनि अभियन्ताहरुको पहललाई नकारात्मक लिनु नहुने भन्दै ललितपुरबाट निर्वाचित संघीय सांसद पम्फा भुसाल, प्रदेश सांसद राजकाजी महर्जन, ललितपुर महानगरपालिकाका मेयर चिरिबाबू महर्जन, नेकपाका नेता देवेन्द्र श्रेष्ठ लगायतले अभियन्ताहरुको रिहाईको लागि पहल गरेका थिए । उनीहरूको रिहाईका लागि सबै दलका नेवा: नेताहरु र सस्कृतीप्रेमीहरुकाे एउटै मत भएपछि गृहमन्त्री रामबहादुर थापाले लचिलो हुन प्रहरी प्रशासनलाई निर्देशन दिएका थिए ।

    बिहीबार जिल्ला प्रशासन कार्यालय ललितपुरमा बसेको बैठकपछि प्रजिअ नारायणप्रसाद भट्ट पक्राउ परेका अभियन्ताहरुको रिहाईको लागि राजी भएका हुन्। पूर्वमन्त्री समेत रहेकी  भुसालको नेतृत्वमा गरिएको पहल सार्थक भएको भन्दै नेता देवेन्द्र श्रेष्ठले उक्त कार्यमा सम्बद्ध सबैलाई बधाई दिएका छन् भने अभियन्ताहरुले आभार प्रकट गरेका छन् ।

    विहिवार साँझ रिहा हुनेहरुमा असोज कुमार महर्जन, यादवलाल कायस्थ, नरेश शाक्य, सञ्जय शाक्य, करण देउला, देवेन्द्र देउला रिहा भएका हुन् । मध्यपुर थिमि घर भएका पत्रकारद्वय  निरज वादे, श्याम था तथा अन्य अभियान्ताहरु यस अघि नै रिहा भईसकेका छन् ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...