News Portal

  • पशुपतिमा प्रदर्शनकारीमाथि प्रहरीको हस्तक्षेप

    बुद्धशरण शाही/ भक्तपुरपोस्टकाठमाडौं, १ असोज
    ६६१ पटक
    काठमाडौं, १ असोज

    पशुपतिनाथसहित देशभरका सबै धार्मिक मठमन्दिरहरु खोल्न पाउनुपर्ने माग सहित पशुपति मन्दिर परिसरमा जम्मा भएका प्रदर्शनकारीमाथि प्रहरीले हस्तक्षेप गरेको छ ।

    विभिन्न धार्मिक संस्थाहरुको आह्वानमा आज बिहीबार ८ बजेदेखि पशुपति मन्दिरको मूलढोका अगाडि विरोध प्रदर्शन गर्ने कार्यक्रम राखिएको थियो । बुधवारदेखि नै सामाजिक सञ्जालमार्फत व्यापक रुपमा प्रचार प्रसार गरिएको कार्यक्रममा ठूलो संख्यामा प्रदर्शनकारी जम्मा हुनसक्ने अनुमान गरिएको थियो । तर, प्रहरीले बिहानैदेखि उक्त क्षेत्रमा व्यापक उपस्थिति जनाएर मानिसहरुलाई जम्मा हुन दिएन । त्यतिहुँदा हुँदै पनि केही धार्मिक भक्तजनहरु भने पशुपति परिसरभित्र छिरेका थिए ।

    पशुपति परिसरभित्र छिरेका एक समूहले मन्दिर नजिकै आज आफूहरुले शान्तिपूर्ण रुपमा विरोध गर्ने भनेर माइकिङ गरेको थियो । विरोधस्वरुप भजन गाउने भन्दै माइकिङ गरिरहेका बेला प्रहरीले सो समूहमाथि हस्तक्षेप गरेको थियो । प्रहरीले पशुपति क्षेत्र परिसरमा पानीका फोहोरा हान्ने गाडी पनि तैनाथ गरेको थियो । साथै सम्भावित झडपलाई रोक्न सबै तयारी गरेको देखिन्थ्यो ।

    यसैबीच शान्तिपूर्ण रुपमा गर्न थालिएको धार्मिक संघसंस्थाको विरोध प्रदर्शनमाथि हस्तक्षेप गरिएको भन्दै भण्डारी समाजका अध्यक्ष केदारमान भण्डारीसहित धेरैले विरोध गरेका छन् । कोरोना केवल आतंकमात्र भएको दावी गर्दै उनीहरुले मानिसहरुको धार्मिक आस्थामाथि बन्देज लगाउने काम संविधान विरुद्ध भएको बताएका छन् । मन्दिर तथा धार्मिक स्थलहरु खुल्ला राख्नुपर्ने माग गर्दै उनीहरुले यसैगरी लामो समय मन्दिरहरु बन्द गरिएमा त्यसका विरुद्ध ठूलो आन्दोलन गर्ने चेतावनी पनि दिएका छन् ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...