News Portal

  • छायाँ सरकारका शिक्षामन्त्रीकाे सुझाव : शिक्षकलाई प्रोत्साहन भत्ता दिउँ

    भक्तपुरपोस्ट संवाददाता३ आश्विन २०७७
    ११९८ पटक
    ३ आश्विन २०७७

    काठमाडौं । संघीय सांसद तथा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन कुमार थापाले कोभिड महामारीका बिच वैकल्पिक शिक्षण सिकाइमा जोडिने शिक्षकलाई प्रोत्साहन भक्ता दिनुपर्ने सुझाब दिएका छन् ।

    थापाले महामारीमा शिक्षक परिचालनका लागि विशेष प्याकेज ल्याउन शिक्षामन्त्री गिरिराजमणि पोखरेलाई सुझाब दिएका हुन् ।

    शिक्षामन्त्री पोखरेललाई पत्र लेख्दै थापाले शिक्षक र विद्यार्थी बीचको संवाद नै पठन पाठन शुरुवातको पहिलो विन्दु भएकाले दक्ष र उत्प्रेरित शिक्षकले मात्रै सिकाइ सहजीकरण प्रक्रियामा सार्थक योगदान गर्न सक्ने स्पष्ट पारेका छनन् ।

    महामारीको यस समयमा शिक्षकहरु जोखिम मोलेर थप परिश्रम गर्नु पर्ने हुनाले कुनै प्रोत्साहन स्किम दिएर शिक्षकलाई वैकल्पिक सिकाइका लागि प्रेरित गर्नुपर्ने थापाको सुझाब छ ।

    नेपाली कांग्रेसले गठन गरेको छायाँ सरकारका शिक्षामन्त्री समेत रहेका थापाले शिक्षामन्त्री पोखरेललाई लेखेको पत्रमा भनेका छन्, ‘हाम्रा शिक्षकहरूको क्षमता अभिवृद्धि र अपरिहार्य स्रोत साधनमा लगानी गर्नु अत्यावश्यक हुन्छ । यसकालागि प्रत्येक शिक्षकलाई ल्यापटप लगायतका सामाग्रीको व्यवस्था गर्न निशुल्क वा साझेदारीमा विशेष स्किम ल्याउन सकिन्छ ।’

    यस्तै, सामुदायिक विद्यालयमा कार्यरत निजी तथा स्थानीय स्रोतका शिक्षक कर्मचारीको तलब र पेसाको सुरक्षामा कोभिडले ल्याएको संकटको पनि समाधान गर्न शिक्षामन्त्रीलाई थापाले सुझाब दिएका छन् ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...