News Portal

  • केन्द्रीय सदस्य हुमागाईको हर्कतले काभ्रे कांग्रेस हैरान

    भक्तपुरपोस्ट संवाददाता काभ्रे, ५ असोज
    २७५० पटक
    काभ्रे, ५ असोज

    देशका ६८ जिल्ला सभापतिले क्रियाशील सदस्यता फाराम बुझेर आफ्नो जिल्लामा लगेर बाँडिसकेको अवस्थामा पनि राजधानीसँग नजिक रहेको नेपाली कांग्रेसकाे काभ्रे जिल्ला भने त्यसबाट अझै बन्चित रहेको छ । केन्द्रीय सभापति शेरबहादुर देउवाको आडमा  केन्द्रीय सदस्य शिवप्रसाद हुमागाई काभ्रेमा क्रियाशील सदस्यता वितरण हुन नदिन कस्सिएर लागेका कारण यसो भएको काभ्रे कांग्रेसको बुझाइ छ।

    “काभ्रेमा अधिवेशन हुन दिन्न । काभ्रेमा अधिवेशन नहुँदैमा केन्द्रको अधिवेशन रोकिने होइन।” भन्दै हुमागाई हिँडेपछि उनीप्रति स्थानीय कार्यकर्ता रुष्ट बनेका छन् । नेपाली कांग्रेसको बिधानमा केन्द्रीय सदस्य स्वतः महाधिवेशन प्रतिनिधि हुने ब्यवस्था भएकाले उनले अरुको बाटो रोक्न चाहेका जिल्ला समितिका एक सदस्यले जानकारी गराए । अधिवेशन नभएमा मात्र वर्तमान सभापति मधु आचार्यलाई केन्द्रीय सदस्य र कंचनचन्द्र वादे वा महेश खरेललाई सभापति बन्नबाट छेक्न सकिने हुमागाइको निस्कर्ष रहेको श्रोतको दावी छ।

    २० बर्ष अगाडि पहिलोपटक हुमागाईलाई पराजित गरेर सभापति बनेका आचार्यलाई तत्कालिन राजा ज्ञानेन्द्रको सक्रिय शासनकालमा ककनी वन्दीगृहमा रहेका बेला उनै हुमागाईले अपदस्थ गरी स्वयं सभापति भएको घोषणा गरेका थिए । बढो नाटकीय रुपबाट अघिल्लो जिल्ला महाधिवेशनमा आचार्यको सभापति उम्मेदवारीमा प्रस्तावक बनेका हुमागाई त्यसको लगत्तै पुनः उनलाई असफल बनाउने खेलमा कस्सिएरै लाग्न थाले। बाैद्धिक नेताकाे रुपमा रहेका आचार्यको लोकप्रियता पहिले भन्दा पनि बढ्दै गएपछि हुमागाइको छटपटी झन् बढेको जिल्लावासीहरु बताउँछन ।

    अधिवेशन कसैगरी पनि हुन नदिने डिजाइन अन्तर्गत उनले पछिल्लो अस्त्रको रुपमा एउटा नक्कली पत्रलाई अघि सारेका छन। केन्द्रीय समायोजनको मापदण्ड अनुसार पनौती नगरपालिका वडा नं ७ को सभापतिमा कसैगरी पनि आफ्नो सहोदर दाजु कृष्णप्रसाद हुमागाई नहुने निश्चित भएपछि स्थानीय वडाध्यक्ष मार्फत नगरपालिकाको लेटरप्याड दुरुपयोग गरी एउटा नक्कली पत्र प्रस्तुत गराएर जवर्जस्ति दाजुको नाम घोषणा गर्न लगाएका उनी माथि आरोप लाग्दै आएको छ ।

    पनौतीका निष्ठावान नेता,कार्यकर्ता र अधिकांश क्रियाशील सदस्यकाे मत पार्टीले पठाएको समायोजन मापदण्ड अनुरुप मात्र वडा सभापति तय होस्, केन्द्रीय सदस्यको निर्देशनमा समायोजन बैठकमा प्रस्तुत नक्कली पत्रको आडमा गरिएको गलत निर्णय बदरभागी होस् भन्ने छ।

    साविकको ३ वटा वडा ५,६ र ७ मिलेर बनेको हालको वडा नं ७ का तीनजना सभापतिहरु वीच एकजनाको नाममा सर्वसम्मत नभएपछि हालको केन्द्र साविकको कुन वडामा पर्छ भन्ने प्रश्न उठ्दा वडा नं ५ का अमृतलाल दुवाल र वडा नं ७ का कृष्णप्रसाद हुमागाई दुबैको दावी रह्यो। यसैवीच सुनियोजित ढंगबाट नगरपालिकाबाट आफू अनुकुल लेख्न लगाइएको एउटा पत्र त्यहाँ बाचन गरेर सुनाइयो र पनौतीका नेताहरुको असहमतिका बाबजुद जवर्जस्ति पास भएको घोषणा गरिएको काभ्रे काँग्रेस श्रोतले जनाएको छ । बैठकस्थलमा होहल्ला भएपछि प्रस्तुत पत्रको ब्यहोरा असत्य भएमा प्रमाणसहित उजुरी गर्न सकिने र निर्णय उल्टिने जानकारी मंचबाट गराएपछि मात्र स्थिति साम्य भएको थियो।

    त्यसको केही दिनमै नगरपालिकाको नगरभेलाले पारित गरेको अर्को प्रमाणित डकुमेण्ट राखेर अमृतलाल दुवालले उक्त निर्णय उल्टाउन उजुरी दिए र अहिले त्यही विवाद केन्द्रमा अल्झिएको छ । केन्द्रीय निर्वाचन समिति अन्यौलमा छ- केन्द्रीय सदस्यको दवावमा निर्णय गरौं कि प्राप्त प्रमाणको आधारमा ?

    काभ्रेका सभापति आचार्यले एउटा वडाको समस्या देखाएर सम्पूर्ण जिल्लाको क्रियाशील सदस्यता फाराम नरोक्न नेतृत्व समक्ष दवाव बढाएका छन्। तर, अधिवेशन नै हुन नदिने हुमागाईको चालको दवावमा परेका नेताहरु किंकर्तव्यविमूढ़ देखिएका छन्।

    जिल्ला कार्यकर्ता केन्द्रीय सदस्यको हर्कत देखेर दिक्क छन्। उनीहरुको एउटै जिज्ञासा छ- आफू केन्द्रीय सदस्य भईरहेको ब्यक्तिले नक्कली पत्रको सहारा लिएर भएपनि सहोदर दाजुलाई वडा सभापति नबनाई नहुने चाहीं किन रहेछ ? यसबारे केन्द्रीय सदस्य हुमागाईसंग सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन ।

    प्रतिकृया दिनुहोस्

    सुडालमा शुक्रवार पनि ७ सय एभोकाड़ोको विरुवा वितरण

    चाँगुनारायण सिटी एभोकाड़ो सिटी अभियान अन्तर्गत अभिन्ताहरुले चाँगुनारायण-८ सुडालमा विरुवा वितरण गरेका छन् । शुक्रवार...

    अन्नु श्रेष्ठ मिस भक्तपुर डिभाको ताज पहिरीन सफल, पछिपछि प्रतिक्षा र माला

    miss bhaktapur diva

    मिस भक्तपुर डिभाको ताज पहिरीन अन्नु श्रेष्ठ सफल भएकी छन् । शुक्रवार सम्पन्न प्रतिष्पर्धाको अन्तिम...

    आइतबार उपत्यकाका सबै स्थानीय तहमा बिदा

    bida

    आइतबार उपत्यकाभित्रका सबै स्थानीय तह र स्थानीय तह मातहतका निकायमा सार्वजनिक बिदा हुने भएको छ...

    मिस भक्तपुर डिबाको फाइनल शुक्रवार

    मिस भक्तपुर डिबाको फाइनल शुक्रवार हुने भएको छ । प्रतियोगिताको फाइनल चरणमा ११ प्रतियोगी रहेका...

    देकोचामा बसको ठक्करबाट ज्यान गुमाएका मानिसको खुलेन पहिचान

    भक्तपुरको देकोचामा मंगलबार यात्रुबाहक बसको ठक्करबाट ज्यान गुमाएका मानिसको पहिचान हुन सकेको छैन । बुधबार...