News Portal

  • २२ पटकसम्म बालबालिकाको कानको मुन्द्रा लुट्ने महिला र सुन किन्ने पुरुष पक्राउ

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, ७ असोज
    ११८९ पटक
    भक्तपुर, ७ असोज

    उपत्यकाको विभिन्न स्थानका बालबालिकाहरूलाई ललाईफकाई कानको मुन्द्रा लुटपाट गर्ने एक महिला पक्राउ परेकी छन् । उनी सहित मुन्द्रा किन्ने पुरुष लाई समेत पक्राउ गर्न प्रहरी सफल भएको छ ।

    काठमाण्डौंको बालाजु मनमैजु; कपन; कपुरधारा; गल्कोपाखा; स्युचाटार; कोटेश्वर; बालकुमारी; गोठाटार; पानी ट्याङ्की; महांकाल; आरुबारी; नारायणटार लगायतका ठाउँहरूबाट बिभिन्न मितिमा २२ पटक साना बालबालिकाको कानको मुन्द्रा लुटपाट गर्ने महिला र सुन किन्ने पुरुषलाई प्रहरीले पक्राउ गरेको हो । उनीहरु पक्राउ परेका महानगरीय प्रहरी परिसर काठमाडौंले पुष्टि गरेको छ ।

    परिसरले जनाए अनुसार बौद्ध वृत्तको प्रहरी टोलिले बालबालिकाको कानका मुन्द्रा लुट्ने महिला र उक्त मुन्द्राहरु किन्ने पुरुष लाई नियन्त्रणमा लिएर थप अनुसान्धान कार्य गरिरहेको छ ।
    हालसम्म २० जना अभिभाबकहरू प्रहरी सम्पर्कमा आएको तथा केही प्रहरी सम्पर्कमा आउन बाँकी रहेको प्रहरीको भनाइ छ ।

    यसैबीच प्रहरी प्रधान कार्यालयले आफ्ना बालबालिकालाई अपरिचित व्यक्तिसँग कसरी सुरक्षित हुने भनेर सिकाउन समेत सर्वसाधारणमा अपिल गरेको छ । साथै, बालबालिका माथि यस किसिमका घटना भएमा गम्भीरतापूर्वक लिन र तत्काल नजिकको प्रहरी कार्यालयमा जानकारी गराउनहुन समेत अनुरोध गरेको छ ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...