काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा कोरोनाका कारण ६ जनाले ज्यान गुमाएका छन् । जसमध्ये २ जना भक्तपुरका रहेका छन् ।
भक्तपुरका एक महिना र एक पुरुष गरि २ जनाले ज्यान गुमाएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो । उनीहरुकोबारे बिस्तृतमा बुझ्न खोज्दा स्वास्थ्य कार्यालय भक्तपुर अपडेट भएको पाइएन ।
यस्तै, पछिल्लो २४ घण्टामा भक्तपुरका ५१ जना संक्रमित थपिएका छन् । यो संगै उपत्यकामा उपत्यकाका मात्रै ७५५ जना र देशभर १ हजार ४ सय ९७ संक्रमित थपिएका स्वास्थ्य मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले जानकारी गराए ।