News Portal

  • गाउँपालिकाका निर्वाचित अध्यक्ष पुर्पक्षका लागि जेल चलान

    भक्तपुरपोस्ट संवाददाता रामेछाप, ९ असोज
    ८५१ पटक
    रामेछाप, ९ असोज

    लिखु तामाकोसी गाउँपालिकाका निर्वाचित अध्यक्ष गोविन्द खडका पुर्पक्षका लागि जेल चलान भएका छन् । शुक्रवार जिल्ला अदालत रामेछापले पुर्पक्षका लागि जेल चलान गर्ने फैसला गरेपछि उनी जेल चलान भएका हुन् ।

    खडकामाथि शरीर बन्धक, बलात्कार र ठगीको मुद्दा लागेको थियो । धोवी बजारको सडक निर्माण गर्न गठित उपभोक्ता समितिका अध्यक्ष दर्पण तामाङले अध्यक्ष खड्कामाथि शरीर बन्धक तथा अपहरणको उजुरी दिएसँगै गत साउन ३० गते प्रहरीले उनलाई पक्राउ गरेको थियो । त्यससँगै गाउँपालिकाकै एक स्थानीयले जग्गा ठगीको उजुरी दिएका थिए भने गाउँपालिकाकै एक युवतीले आफूलाई दस महिना अघि अध्यक्ष खड्काले जबर्जस्ती करणी गरेको उजुरी दर्ता गराएकी थिइन् ।

    खडकामाथि आवस्यक अनुसन्धान पुरा गरी प्रहरीले उनलाई अदालतमा पेश गरेको थियो । भदौ २३ गते प्रहरीले जिल्ला सरकारी वकिलको कार्यालय मार्फत उनलाई अदालतमा पेश गरेको थियो । शुक्रवार उनको थुनछेक बहस सकिएसँगै रामेछापका जिल्ला न्यायाधिश स्वीकृती पराजुलीले अध्यक्ष खड्कालाइ पुर्पक्षको लागि जेल पठाउने फैसला गरेकी हुन् ।

    खड्का तत्कालीन नेकपा एमालेबाट गाउँपालिकाका अध्यक्षमा निर्वाचित भएका हुन् । उनलाई नेकपाकाे प्रदेश कमिटीले एक वर्ष अघि नै पार्टीकाे रामेछाप जिल्ला कमिटी सदस्यबाट निलम्बन गरेको थियो ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...