News Portal

  • एशियाली मिडिया फोरमकाे मिटिङ भर्चुअल विधिबाट सम्पन्न

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, १२ असोज
    १२७५ पटक
    भक्तपुर, १२ असोज

    अनलाइन मार्फत पहिलो भोइस अफ प्रेस (V.O.P) एशियाली मिडिया फोरम भर्चुअल विधिबाट सम्पन्न भएको छ ।

    काेभिड-१९ महामारीलाई अधिक व्यावहारिक र शान्तिपूर्वक रूपमा समाधान गर्नका लागि साझा उपायहरू छलफल गर्नका लागि असोज ९ गते अनलाइन मार्फत पहिलो भोइस अफ प्रेस (V.O.P) एशियाली मिडिया फोरम भर्चुअल विधिबाट आयोजना गरिएको थियो ।

    युएन इकाेसाेक (UN ECOSOC) र युएन दिजिसी (UN DGC) अन्तर्गत एक अन्तर्राष्ट्रिय शान्ति गैरसरकारी संस्था हेवेनली कल्चर, वर्ड पिस, रिइस्टेरेसन् अफ लाइट (HWPL), द्रारा आयोजित उक्त फोरममा हंगकंग, इन्डोनेसिया, नेपाल, फिलिपिन्स र ताइवानका १६ पत्रकारसहित ३२ जनाको सहभागिता रहेको थियो ।

    HWPL मिडिया शान्ति फोरम “V.O.P (भोइस अफ प्रेस)” भनेको सञ्चार र राष्ट्रिय मिडिया नेटवर्क हो जुन विश्वव्यापी मिडिया नेटवर्कको रुपमा स्थापना गरिएको छ । जहाँ विश्वभरका पत्रकारहरू स्वेच्छाले भाग लिन र मिडिया स्वतन्त्रताको लागि बोल्न सक्दछन्।

    अस्ट्रेलिया, बंगलादेश, चीन, इजिप्ट, भारत, इन्डोनेसिया, नामिबिया, नेपाल, नाइजेरिया, फिलिपिन्स, रसिया, स्वीडेन र युक्रेन लगायत २२ देशका १७६ पत्रकारहरुको उपस्थितिमा नोभेम्बर २०१६ देखि यो ३३ पटक आयोजना भइसकेको छ। एशियाली मुलुकहरुका लागि भने यो पहिलो पटक संयुक्त फोरम आयोजना गरिएको हो।

    उक्त फोरममा सहभागी ट्र्याक नेपालका अध्यक्ष पिया रत्न महर्जनले भने “यस महामारीको क्रममा विश्वभरि सबैभन्दा ठूलो समस्या भनेको मानसिक समस्या हो । यो महामारी अवस्थामा हामी HWPL को अनलाइन प्लेटफर्महरू मार्फत व्यावहारिक तरिकाले शान्ति अभियान गरेर मिलेर काम गर्न सक्छौं। उनले भने यी मार्फत समुदाय स्तरमा नागरिक समाजले महामारीको स्थिति समाधान गर्नका लागि सँगै जान्न र सँगै काम गर्न सक्दछ। ”

    त्यसैगरी समाज वैज्ञानिक टेड चानले भने , मिडिया आफैमा “शिक्षक ” बनेर जनतालाइ डर उब्जौनी, भावनात्मक ब्ल्याकमेल गर्दै झुटो मजेदार कथा कहानी लेखेर प्रस्तुत गर्छ। पक्षपाती समाचार प्रचार नगरौं यस्तो समाचारले समाज विनाश गर्छ उनले भने । ”

    त्यसैगरी डायरिओङ्ग टागलोग नेटवर्कका प्रोप्राइटर र वेबसाइट प्रशासक माइकल बालागुअरले भने, प्रेसका सदस्यहरू देशभक्त हुनुपर्दछ र यस महामारीको आपतकालीन समयमा मात्र नभई सबै समयमा सत्य, निष्पक्ष र सन्तुलित जानकारी प्रदान गर्नु पर्दछ। उनीहरुमा स्थानीय नागरिकहरुको लागी स्थानीय विशेषज्ञहरुले उनीहरुको टेक्नोलोजीको उपयोग गर्नको लागी प्रोत्साहित गर्न आत्मविश्वास हुनुपर्छ।

    फोरमको अन्त्यमा, HWPL को सियोल दक्षिणी शाखामा रहेको अन्तर्राष्ट्रिय जनसम्पर्क विभागका निर्देशक एलिस किमले उल्लेख गर्दै काेभिड-१९ महामारीको विषयले सम्पूर्ण विश्वलाई अझ कुनै तरिकाबाट एकताबद्ध बनाएको छ। “हामी प्रत्येक पत्रकारको शान्तिमय र व्यावहारिक आवाजलाई सक्रियतासाथ प्रतिबिम्बित गर्दछौं र शान्तिका लागि कार्य गर्न प्रयास गर्नेछौं।

    HWPL को जनसम्पर्क विभागले विश्वभरिका पत्रकारहरूलाई शान्तिको लागि बोल्न अझ अधिक अर्थपूर्ण अवसर सिर्जना गर्नेछौँ,उनले भने।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...