News Portal

  • केन्द्रलाई तत्कालिन शिक्षा विभाग जस्तै जीवन्त बनाउने महानिर्देशक अर्यालकाे उद्घाेष

    भक्तपुरपोस्ट संवाददाता सानाेठिमी, १४ असोज
    १३१३ पटक
    सानाेठिमी, १४ असोज

    सानोठिमीस्थित शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक बैकुण्ठ अर्यालले पदभार ग्रहण गरेका छन् । शिक्षक सेवा आयोगबाट केन्द्रको महानिर्देशकमा सरुवा भएका सहसचिव अर्यालले बुधवार पदभार ग्रहण गरेका हुन् ।

    उपमहानिर्देशक अणप्रसाद न्यौपानेको नेतृत्वमा केन्द्रका कर्मचारीहरुले महानिर्देशक अर्याललाई स्वागत गर्नुका साथै परिचयात्मक कार्यक्रम समेत आयोजना गरेका थिए । कार्यक्रममा ३ महाशाखा र १७ शाखा प्रमुखहरुले कार्यसम्पादनका सन्दर्भमा संक्षिप्त जानकारीसमेत गराए ।

    उक्त अवसरमा महानिर्देशक अर्यालले आफ्नो नेतृत्वमा केन्द्रलाई तत्कालिन शिक्षा विभागकै जस्तो जीवन्त बनाउने उद्घोष गरे । शिक्षा विभागको नाम परिवर्तन भएर शिक्षा तथा मानव श्रोत विकास केन्द्रका रुपमा आएपछि कर्मचारीहरु भूमिकाबिहीन जस्ता देखिएकाले काममा नैराश्यता आएको जस्तो देखिएको दावी गर्दै महानिर्देशक अर्यालले सामुहिक एकताबाट केन्द्रको गुमेको वातावरण फर्काउन सकिने बिश्वास व्यक्त गरे ।

    देशमा परिवर्तन भएसंगै शिक्षाका धेरै काम प्रदेश र स्थानीय तहमा हस्तान्तरण भए पनि त्यसलाई जोड्ने काम केन्द्रकै भएको भन्दै महानिर्देशक अर्यालले हाइ सन्चो मानेर हात बाधेर बस्ने बेला नभएको स्पष्ट पारे । ” केन्द्र भूमिकाविहीन भएको होइन, अझ समन्वयकारी भूमिका थपिएको हो । हामी उच्च मनोबल लिएर काम गरौ । यसले राष्ट्रलाई त फाइदा पुग्छ नै, हाम्रा साथीहरु समेत यहाँ सरुवा मागेर आउँन लालायित हुनेछन् ।” महानिर्देशक अर्यालले भने ।

    तत्कालिन शिक्षा विभागबाट केन्द्रमा रुपान्तरण भएता पनि अझैसम्म वेबसाइटसम्म नसच्याएकोप्रति उनले कर्मचारीहरुप्रति असन्तुष्टि प्रकट गरे ।  राष्ट्रपतिसंग जोडिएको शिक्षा सुधार कार्यक्रम समेत अघि बढ्न नसक्नु दुखद भएको भन्दै अर्यालले सबै कर्मचारीलाई आफ्नो जिम्मेवारी इमान्दार र उत्साहित भएर निर्वाह गर्न निर्देशन दिएका थिए । ”शिक्षा तथा मानव श्रोत विकास केन्द्रको वार्षिक प्रगती १० प्रतिसत भन्दा कम हुनु साह्रै कमजोर अवस्था हो । यसले हाम्रो काम गराईलाई गिज्याउँछ । त्यसैले, अधिकत्तम उपलब्धी हासिल गर्न प्रभावकारी कार्ययोजना बनाएर काम गर्नुहाेस् ।” अर्यालले निर्देशन दिए ।

    कोभिड १९ कहरका बीच केन्द्रले गर्नुपर्ने काम धेरै भएको उनको भनाइ छ । बैकल्पिक सिकाइ प्रणाली र सरकारको आकस्मिक कार्ययोजनामा उल्लेख भएका कुराहरुलाई अक्षरस कार्यान्वयन गर्नु केन्द्रको कर्तब्य भएको भन्दै उनले कर्मचारीहरुलाई दिशानिर्देश समेत गरे ।

    भर्चुअल शिक्षण बिधि प्रभावकारी नभएको र सबै विद्यार्थीको पहुँचमा नपुगेको प्रश्न उठेको उल्लेख गर्दै उनले सोको सत्यतथ्य अध्ययन गर्नपर्ने र आधिकारिक धारणा बाहिर ल्याउनुपर्ने आवस्यकता औल्याए । त्यतिमात्र होइन, महानिर्देशक अर्यालले भर्चुअल विधिको साथसाथै अन्य विधिहरुको समेत पहिचान गरी त्यसलाई शिक्षण सिकाइ संग जोड्नु पर्ने दायित्व केन्द्रकै भएकाले केन्द्रका कर्मचारीहरु क्रियटिभ हुनुपर्नेमा जोड दिएका थिए ।

    कतिपय स्थानीय तहले विद्यालय खोल्न खोजेका र त्यहाँका स्थानीय प्रशासनले नखोल्न भनेका घटनाबारे बोल्दै महानिर्देशक अर्यालले केन्द्रले त्यस सम्बन्धमा आफ्नो आधिकारिक सुझाव पेश गर्नुपर्ने बताए । ”हामीले यस सम्बन्धमा आखा चिम्लिन मिल्दैन, आधिकारीक सुझावका लागि बिदेशका अनुभव अध्ययन गरौँ र हाम्रो बस्तुस्थितिको समेत विश्लेषण गरौँ।” महानिर्देशक अर्यालले स्पस्ट पारे । आफ्नो कार्यकालमा कोही पनि कर्मचारी साधन श्रोतको कमीले कामगर्ने वातावरण भएन भन्ने अवस्था नआउने जिकिर गर्दै उनले कर्मचारी प्रति राज्यले गरेको लगानीलाई न्याय गर्नु सबै राष्ट्रसेवक कर्मचारीहरुको कर्तब्य भएको भनेका थिए ।

    प्रतिकृया दिनुहोस्

    कटुन्जे हेल्थपोष्टलाई ईसिजी मेसिन हस्तान्तरण

    सूर्यविनायक-५ को कटुन्जे हेल्थपोष्टलाई सल्लाघारीस्थित पारिजात बचत तथा ऋण सहकारी संस्थाले ईसिजी मेसिन दिएको छ...

    बेलायती राजकुमार एडवार्डकी श्रीमती सोफिया भक्तपुरमा

    बेलायती राजकुमार एडवार्डकी श्रीमती सोफिया भक्तपुर आइपुगेकी छन् । बुधबार बिहान उनी भक्तपुर आइपुगेकी हुन्...

    सिटिइभिटीको उपाध्यक्षमा प्राडाकै योग्यता अपुग, नियुक्ति बदर

    भक्तपुर । प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सिटिइभिटी) का उपाध्यक्ष प्राडा ओमप्रसाद बरालको नियुक्ति...

    भक्तपुरका दुई पाङ्ग्रे सवारी चालकलाई दुई मिनेट पढाउँदै ट्राफिक प्रहरी

    दुई पाङ्ग्रे सवारी चालकलाई ट्राफिक प्रहरीले पढाउन थालेको छ । आइतबारबाट ट्राफिक प्रहरीले बाटोमै रोकेर...

    भूतपूर्व सैनिक संघ भक्तपुरको अध्यक्षमा दाहाल

    भक्तपुर । नेपाल भूतपूर्व सैनिक सङ्घको अध्यक्षमा सुदर्शन दाहाल निर्विरोध निर्वाचित भएका छन् । भक्तपुरमा...