News Portal

  • राष्ट्रपति भण्डारीद्वारा अमेरिकी राष्ट्रपति ट्रम्प र उनकी पत्नीको स्वास्थ्य लाभको कामना

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, १८ असोज
    ५५७ पटक
    भक्तपुर, १८ असोज

    राष्ट्रपति विद्यादेवी भण्डारीले कोरोना संक्रमति भई उपचारमा रहेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनकी पत्नी मेलानियाको शिघ्र स्वास्थ्य लाभको कामना गरेकी छन् । भण्डारीले एक सन्देश मार्फत शिघ्र स्वास्थ्य लाभको कामना गरेकी हुन् ।

    राष्ट्रपति भण्डारीले आफ्नो सन्देशमाकोभिड–१९ नियन्त्रणका लागि ठोस कदमहरु चाल्नुपर्नेमा जोड दिएकी छन् ।उनले नेपाल र अमेरिका बीचको वहुआयामिक सम्बन्ध आगामी दिनमा अझ सुदृढ हुने अपेक्षा समेत राखेकी छन् ।

    शुक्रबार कोरोना संक्रमण पुष्टि भएपछि ट्रम्प शनिवार अस्पताल भर्ना भएका छन् ।ट्रम्प अहिले ७४ बर्ष पुगेका छन् भने उनकी पत्नीको उमेर ५० बर्ष पुगेको छ ।उनीहरुलाई उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनले पनि स्वास्थ्य लाभको संदेश पठाइसकेका छन् ।

    अमेरिकामा अहिलेसम्म करिब ७४ लाख सङ्क्रमित भएका छन् भने २ लाख आठ हजार ६सय ९३ जनाको मृत्यु भइसकेको तथ्यांक छ । तथ्यांक हेर्दा कोरोनाका कारण संक्रमित र मृत्यु संख्या यो विश्वकै सर्वाधिक हो ।

    प्रतिकृया दिनुहोस्

    भक्तपुर–नगरकोट सडकखण्डको ठेक्का सम्झौता रद्द

    सरकारले भक्तपुर–नगरकोट सडकखण्डको ठेक्का सम्झौता रद्द गरेको छ । दुई वर्षमा सम्पन्न गर्ने गरी ठेक्का...

    पुरा भयो एसईई परीक्षाको तयारी

    २०७९ मा हुने एसईई परीक्षाको तयारी पुरा भएको छ । शुक्रबारदेखि सुरु हुने माध्यमिक शिक्षा...

    आज साँझसम्म मन्त्रिपरिषद् विस्तार हुने

    मन्त्रिपरिषद् विस्तारलगायत विषयमा सत्ता साझेदार दलहरुबीच आज बिहान छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा...

    सूर्यविनायक साँगा सडक खण्डको निर्माण कार्य शुरु

    सूर्यविनायक धुलिखेल सडक आयोजना अन्तर्गत सूर्यविनायक साँगा सडक खण्डको सडक निर्माण कार्य शुरु भएको छ...

    वैशाख ६ र ७ गते भिटामिन ‘ए’ खुवाइदै

    आगामी वर्ष वैशाख पहिलो साता राष्ट्रिय भिटामिन ‘ए’ अभियान कार्यक्रम सञ्चालन गर्ने भएको छ ।...