News Portal

  • काभ्रेस्थली माविमा नयाँ भवनसंगै थपिए १ सय नयाँ विद्यार्थी

    भक्तपुरपोस्ट संवाददाता काठमाडौं, २१ असाेज
    २२१६ पटक
    काठमाडौं, २१ असाेज

    काठमाडौंको तारकेश्वर नगरपालिका वडा नम्बर २ स्थित काभ्रेस्थली माविले नयाँ पक्की भवन प्राप्त गरेको छ । महाभूकम्पले विद्यालय भवन भत्काएदिएपछि सरकारले नयाँ भवन बनाईदिएको हो ।

    बुधवार राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको जिल्ला आयोजना कार्यान्वयन इकाई(शिक्षा)काठमाडौंले काभ्रेस्थली माविलाई नवनिर्मित पक्की भवन हस्तान्तरण कार्यक्रम समेत सम्पन्न गरेको छ ।कोरोना कहरका बीच भौतिक दुरी कायम गर्दै इकाईले भवन हस्तान्तरण कार्यक्रम समेत सम्पन्न गरेको हो ।

    एसियाली विकास बैंकको झण्डै ५ करोड सहयोगमा उक्त विद्यालयका लागि ३ तले आधुनिक भवन निर्माण गरी हस्तान्तरण गरिएको इकाई प्रमुख अर्जुन रायमाझीले बाताएका छन् । इकाईले निर्माण गरेको भवनमा अत्याधुनिक विज्ञान/कम्युटर ल्याव, खानेपानी, शौचालयलगायतका सुविधा रहेका छन् भने विद्यालय भवन अपाङ्गमैत्री र भूकम्प प्रतिरोधीसमेत रहेको रायमाझीको भनाइ छ ।

    बुधवार एक औपचारिक कार्यक्रमका बीच जिल्ला आयोजना कार्यान्वयन इकाई(शिक्षा)काठमाडौंका प्रमुख अर्जुनबहादुर रायमाझीले विद्यालयलाई नवनिर्मित भवन हस्तान्तरण गरेका हुन् । पूर्व रक्षामन्त्री भीमसेनदास प्रधानले नवनिर्मित भवनको उद्घाटन समेत गरेका छन् ।

    कार्यक्रममा नवनिर्मित भवनको उद्घाटन गर्दै प्रमूख अतिथि एवं पूर्व रक्षामन्त्री प्रधानले नयाँ भवन संगै नयाँ शिक्षण शैली अपनाउन र नयाँ ढंगले शिक्षाको बिअकासम विद्यालयले योगदान दिने अपेक्षा व्यक्त गरे । प्रधानले विद्यालयलाई तारकेश्वरकै नमूना विद्यालय बनाउन प्रेरित गर्दै त्यसका लागि आफूले आवश्यक सहयोग गर्ने बताए ।

    विशिष्ट अतिथि एवं तारकेश्वर नगरपालिकाका प्रमुख बोहरालाले विद्यालयलाई नयाँ भवन पाएसँगै अब गुणस्तरीय शिक्षा सुधारमा केन्द्रीत हुन आग्रह गरे । ‘पहिले भवनको समस्या थियो, बाहाना पनि थियो, अब बहानाले चल्दैन काम गरेर देखाउनुस’्, उनले भने, ‘विद्यार्थीहरुलाई विद्यालयको भवन जस्तै सुन्दर र अत्याधुनिक शिक्षा दिनुहोस् ।’

    उक्त अवसरमा तारकेश्वर नगरपालिकाका प्रमुख रामेश्वर बोहोराले विद्यालयलाई नगरकै नमूना विद्यालय बनाउन नगरपालिकाको समेत सक्दो सहयोग रहने आश्वासन दिएका थिए ।

    कार्यक्रममा जिल्ला आयोजना कार्यान्वयन इकाई(शिक्षा) काठमाडौंका प्रमुख रहेका अर्जुन रायमाझीले नयाँ भवनले विद्यालयलाई विद्यार्थी आकर्षित गर्न सहयोग पुर्याउने बिश्वास व्यक्त गरे । भवन राम्रो भए जस्तै विद्यालयको शिक्षणसिकाइ पनि राम्रो भएको सुन्न पाइयोस भन्दै उनले नवनिर्मित भवनमा विद्यार्थी भर्ने,सिकाउने र टिकाउने दायित्व बोध गराएका थिए ।

    कार्यक्रममा विद्यालयका प्रधानाध्यापक प्रह्लाद पोखरेलले नयाँ भवन बनेसँगै यो वर्ष विद्यालयमा थप एकसय जना नयाँ विद्यार्थी भर्ना भएको जानकारी दिए ।अब विद्यालयमा छिट्टै सूचना प्रविधि ल्याव निर्माण गरिने जानकारी दिँदै स्थानीय विद्यार्थीको संख्या बढाउन विशेष कार्ययोजना ल्याइने उनले प्रतिवद्धता प्रकट गरे ।

    कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्रीराम थापाको अध्यक्षतामा सम्पन्न भएको थियो ।

    प्रतिकृया दिनुहोस्

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...

    साथीको घरमा युवकको शव फेला

    भक्तपुरको चाँगुनारायण– ४ मा एक युवक मृत फेला परेका छन् । १९ वर्षीय निरोज लामा...

    चाँगुनारायणमा ५० जनालाई झोल साबुन बनाउने तालिम

    प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) को महिला संगठन अनेमसंघ (क्रान्तिकारी)ले चाँगुनारायणमा सिपयुक्त स्वरोजगार गृहिणी...

    भारतमा नेपाली विद्यार्थीमाथि दमन भएको भन्दै भक्तपुरमा बिरोध प्रदर्शन

    भारतको ओडिसा राज्यको राजधानी भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत एक नेपाली...

    कुकुरलाई हेर्ने दृष्टिकोण बदलौँ !

    “कुकुर” समाजमा हुने अरु प्राणीसरह नै हो । अझ भन्ने हो भने कुकुरको काम अरू...