ललितपुर बार एसोसिएसनका निवर्तमान अध्यक्ष दिपककुमार बिष्टको निधन भएको छ । ४६ वर्षको उमेरमै उनको शुक्रबार साझ दुखद निधन भएको हो ।
रुघाखोकीले ग्रसित बनाएपछि उनी बिगत ११ दिनदेखि मेडिसिटी अस्पतालमा उपचाररत थिए । उनलाई निमोनिया भएको र पिसिआर परीक्षण गर्दा कोरोना पोजेटिभ पाइएको र उपचारकै क्रममा उनको निधन भएको अस्पताल स्रोतले जनाएको छ ।
ललितपुरको गोदावरी नगरपालिका ९, छम्पी निवासी बिष्ट सबैका प्रिय पात्र थिए । उनको एक छोरा, छोरी र श्रीमती छन् ।