News Portal

  • भोजपुर– टक्सार सडक कालोपत्रे शुरु

    ६३६ पटक

    भोजपुर, २४ असोज । प्रदेश –१ सरकारको लगानीमा भोजपुर सदरमुकाम देखि टक्सार एयरपोर्टसम्मको सडक कालोपत्रे शुरु भएको छ । जिल्लामा नै पहिलो ‘आसपाल्ड’ प्रविधिबाट पूर्वाधार विकास कार्यालय भोजपुरको रु. १६ करोड ९२ लाख लागतमा कालोपत्रे गर्ने काम शुरु भएको हो ।

    यस अघि नै कालोपत्रेको लागि आवश्यक प्रक्रिया सम्पन्न गरिएको भए पनि निरन्तरको वर्षाले काम रोकिएको थियो । मौसममा सुधार आएपछि कामको थालनी भएको हो । प्रदेश सरकारको महत्वपूर्ण योजना भएकोले यसको गुणस्तरमा ध्यान दिइएको पूर्वाधार विकास कार्यालय भोजपुरका प्रमुख राजनराज रेड्डीले बताए । प्रमुख रेड्डीले भने,‘‘ काम गुणस्तरीय बनाउन लागेका छौँ, जिल्लामा पहिलो पटक यो प्रविधिबाट कालोपत्रे थालिएकोले यसमा बढी ध्यान दिएका छौँ ।’’

    गुणस्तरमा कमी आउन नदिन जिल्ला प्रशासन कार्यालयसँगै अन्य सरोकारवालाले अनुगमन गरिरहेका छन् । अनुगमनका क्रममा काम मापदण्ड अनुसारको रहेको पाइएको प्रमुख जिल्ला अधिकारी वसन्तराज पुरीले बताए । प्रजिअ पुरीले भने,‘‘ निर्माणका क्रममा आउने विभिन्न समस्या समाधानदेखि अनुगमनको पाटोमा हामीले विशेष ध्यान दिएका छौँ, हामीले हेर्दा सडकको गुणस्तर राम्रो नै छ ।’’ काम गर्ने क्रममा कुनै यन्त्र उपकरणको समस्या नआएमा तथा मौसम राम्रो भएमा यो महिनामा काम सम्पन्न गर्ने निर्माण कम्पनीले जनाएको छ । कालोपत्रेको काम शुरु गरेको भए पनि स्थानीय सरकार तथा सरोकारवालाले ट्रयाक्टर लगायतका ढुवानीका साधन सञ्चालनमा रोक नलगाउँदा भने काममा केही बाधा पुगेको कम्पनीको गुनासो छ ।

    मार्सेली निर्माण सेवाका प्रमुख श्याम श्रेष्ठले भने,‘‘ तोकिएको समय भन्दा अगाडि सम्पन्न गर्ने लक्ष्यसाथ काम गरेको हो, वर्षातले कालोपत्रे गर्न सकिएन तर पनि छिटै सक्ने लक्ष्य छ ।’’ रायामाझी–जगदम्बा–मार्सेली जेभीले निर्माण गरिरहेको यो सडकको लम्वाई ५ किलोमिटर रहेको छ । रासस

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...