News Portal

  • मुख्यमन्त्री शाही राजनीतिक समस्याकाे समाधान गर्न सफल

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, २७ साउन
    १२८३ पटक
    भक्तपुर, २७ साउन

    आफ्नै पार्टीका सांसदहरुले अविश्वासको प्रस्ताव दर्ता गराएपछि समस्यामा परेका कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले समस्याकाे हल गरेका छन् । पार्टीका केन्द्रीय शिर्ष नेताहरुको सहयोगमा उनी समस्याकाे समाधान गर्न सफल भएका हुन् ।

    आफूविरूद्ध आफ्नैहरुद्वारा अविश्वासको प्रस्ताव आएपनि मुख्यमन्त्री शाही आत्तिएनन् । उनी असन्तुष्टहरुकाे ‘एकता भंग’ गराउन सफल सावित भए । अविश्वासको प्रस्तावबाट उनी होइन बरु उनका विरूद्ध अविश्वासको प्रस्ताव ल्याउन नेतृत्व गर्नेहरू नै असफल देखिए ।

    स्रोतका अनुसार पार्टी अध्यक्ष प्रचण्ड र बरिष्ठ नेता माधव नेपाल कर्णाली प्रदेशमा देखा परेको समस्या सुल्झाउने बारे सहमत भएपश्चात नयाँ सहमति गरिएको छ । स्रोतका अनुसार कर्णाली प्रदेशमा माधव नेपाल समूहसंग कुरा मिलेपछि अविश्वासको प्रस्ताव अघि बढाउने स्टेपबाट ब्याक भएका छन् । त्यसका लागि मुख्यमन्त्री शाही नेपाल समूहबाट एक जनालाई संसदीय दलको सचेतक बनाउने र तीन जना सांसदलाई मन्त्री बनाउने विषयमा सहमत भएका भनिएकाे छ । यसरी मुख्यमन्त्री शाही असन्तुष्टहरुलाइ समेट्न सहमत भएपछि नेपाल समूहले पनि अहिले नै अविश्वासको प्रस्ताव अघि नबढाउन सहमत भएको बताइन्छ ।

    केन्द्रमा केपी ओलीसँग संघर्ष गरिरहेका सत्तारुढ नेकपाका एक अध्यक्ष प्रचण्ड र बरिष्ठ नेता माधव नेपाल समूहबीच कर्णाली प्रदेशमा भने एकता देखिएन । कर्णाली प्रदेशमा पूर्व माओवादीकै तीन सांसदहरुले पनि मुख्यमन्त्री विरुद्धको अविश्वासको प्रस्तावका पक्षमा हस्ताक्षर गरे । त्यसमध्ये कर्णाली प्रदेश सभाकी उपसभामुख पुष्पा घर्ती विष्ट समेत छन् । त्यसैगरी प्रदेश सरकारमा अर्थमन्त्री रहेका प्रकाश ज्वाला वाहेक माधव नेपाल समूहका ७ जना सांसदहरु पनि मुख्यमन्त्रीविरुद्ध उभिए ।

    विकसित परिस्थितिका बारेमा छलफल गर्न मंगलबार एक बैठक बोलाइएको र सोही बैठकमा मुख्यमन्त्री शाहीले मन्त्रिपरिषद् पुनर्गठन गर्ने सहमती जनाएपछि नेपाल समूहका सांसदहरु अविश्वासको प्रस्तावबाट पछि हटेको बताइएको छ ।

    संसदीय दलका नेता शाहीविरुद्ध आइतबार नेकपाकै १८ सांसदले संसदीय दलमा अविश्वासको प्रस्ताव दर्ता गरेका थिए भने प्रमुख सचेतक गुलावजंग शाहले मंगलबार विहान १ बजे संसदीय दलको बैठक बोलाएका थिए । तर, त्यसअघि नै मुख्यमन्त्री शाहीले संसदीय दलको प्रमुख सचेतकबाट गुलावजंग शाहलाई हटाएर उनको ठाउँमा सांसद सिता नेपालीलाई नियुक्त गरेका थिए । पूर्व माओवादीबाट सांसद बनेकी सांसद नेपालीले शाहले बोलाएको भन्दा तीन घन्टा अघि ११ बजे नै शाहीको पक्षमा रहेका सांसदहरुबीच छलफल चलाउन बैठक राखेकी थिइन ।

    यसैबीच विकसित घटनाक्रमका बारेमा छलफल गर्न अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले कर्णाली प्रदेशका मुख्यमन्त्रीसहित प्रदेश कमिटिका पार्टी पदाधिकारीलाई काठमाडौं आउन निर्देशन दिएको थाहा हुन आएको छ ।

    मंगलबार बालुवाटारमा अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल प्रचण्डबीच कर्णाली प्रदेशमा भएको विवादका बारेमा छफल भएको थियो । उक्त छलफलपछि प्रदेशका इन्चार्ज जनार्दन शर्मा, सहइन्चार्ज यमलाल कँडेल, अध्यक्ष गोरखबहादुर बोगटी, सचिव मायाप्रसाद शर्मा र मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई काठमाडौं बोलाउने सहमति बनेको बताइएको छ । त्यसैगरी प्रदेशका अन्य नेताहरु आर्थिक मामिलामन्त्री प्रकाश ज्वाला, प्रदेश सांसद चन्द्रबहादुर शाही र सांसद गुलावजङ्ग शाहलाई पनि काठमाडौं बोलाइएको छ ।

    प्रतिकृया दिनुहोस्

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...

    साथीको घरमा युवकको शव फेला

    भक्तपुरको चाँगुनारायण– ४ मा एक युवक मृत फेला परेका छन् । १९ वर्षीय निरोज लामा...

    चाँगुनारायणमा ५० जनालाई झोल साबुन बनाउने तालिम

    प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) को महिला संगठन अनेमसंघ (क्रान्तिकारी)ले चाँगुनारायणमा सिपयुक्त स्वरोजगार गृहिणी...

    भारतमा नेपाली विद्यार्थीमाथि दमन भएको भन्दै भक्तपुरमा बिरोध प्रदर्शन

    भारतको ओडिसा राज्यको राजधानी भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत एक नेपाली...

    कुकुरलाई हेर्ने दृष्टिकोण बदलौँ !

    “कुकुर” समाजमा हुने अरु प्राणीसरह नै हो । अझ भन्ने हो भने कुकुरको काम अरू...